Skip to main content

सुकुटे बिच

सुकुटे बिच क्याम्प टोलीका होनहार सदस्यहरु भोटेकोशी किनारामा तस्वीर खिचाउदै । 


एउटा खोलो छ । घुमौटोमा उक्त खोलोले बालुवा थुपारिदिएको छ । भुपरिवेष्ठित देशका नागरिक हामीलाई त्यत्ती भए पुगिगो । अझ त्यहिँ दुईवटा खाँबो गाडेर जाली टाँगिएको छ । बिच भलिबल भईगो । अर्का छेउमा लिङ्गे पिङ छ । जत्तिखेर नि दसैंमा झै मच्चिन पाइने । 
  

“जाँउन त कतै घुम्न गैदिऊँ”−जीवा दाईले कुरा निकाले । साथीहरु रौसिए । इन्टर्नहरु हौसिए । स्टाफ टोली जाने र नजानेको दोधारमा थिए । त्यही बिचमा गज्जबकै झटारो दियो कसैले− हैट, यस्तो साँउने झरिमा न त क्याम्पफायर गर्न मिल्छ, कोशी उर्लेको बेलामा न ¥र्यािफ्टङ गर्न मिल्छ । अन्ततः मिसन सुकुटे बिचमा म सहित १२ जना “इन” भइयोः जीवानन्द विष्ट, समीर भैल, सन्दिप कँडेल, नेहा, निक्की, श्वेता, समज्ञा, अञ्जली, श्रीना, पुनम, प्रियांका । हामीलाई गन्तब्यभन्दा याराना र यात्रा महत्वको थियो । शनिबार बिदा हुने भएकाले शुक्रबार गएर शनिबार आँउने योजनामा सबैको सहमति भयो । सन्दीप र म ठमेल गएर अग्रिम बूकिङ ग¥र्यौ । तीन बजे हामी गौशालाबाट गाडी चड्याँै । एयरपोर्टबाट अन्ताक्षरी सुरु भईगो− रातो टिका निधारमा । त्यो गाडीमा अर्को एउटा फेमिली ग्रुपपनि थियो । कालो क्याप लगाएका एउटा अधबैँसे दाई साह्रै नै रसिक थिए । अन्ताक्षरीमा मेसो पर्नासाथ ती दाई लेब्रो तान्दै पुराना जमानाका गीत गाउन सुरु गरिहाल्ने । साँढे दुई घण्टामा सुकुटे पुगेको पत्तै भएन । सुकुटेक्षेत्र होटल र रिजर्टहरुले भरिपूर्ण भैसकेको छ । काठमाडौंबाट केही घण्टामै रमाउन सकिने ठाउँ पुगिने भएकोले धेरै मान्छेको रोजाईमा सुकुटे पर्न थालेको हो ।
एउटा रुखमा तुन्द्रुङ्ग यस्तो मेसेज झुन्ड्याइेको रइछ । 

त्यहाँ पुग्नासाथ हामी अफिसतिर सोझियौँ । प्रतिब्यक्ति रु २२०० तिर्नपर्ने रहेछ । एउटा सहयोगीले हामीलाई हाम्रो टेन्ट देखाउनु भयो । बाह्र जनाको समुह एउटा कटेज र दुई वटा टेन्टमा बसिने भैयो । ती सहयोगी भन्दै थिए− फ्रेश भएर आउनुहोला स्न्याक्स रेडी छ । डिनर चाँही तपाईंको ९ बजेदेखि सुरु हुन्छ । आज शुक्रबार भएकोले ७ बजेबाट ११ बजेसम्म डिजे म्युजिकको ब्यबस्था छ । ट्वाल्−ट्वाल्ती उस्को कुरा सुनेर वरिपरि बसेका हाम्रो मुहारमा कान्ती छायो । आज नाचिने भैयो । फ्रेश हुने भनेको के नै थियो र? कपडा खोल्यो छेउमा रहेको पोखरीमा हाम फाल्यो । त्यस रात रिजर्टमा ३०० जनाको हाराहारीमा गेस्टहरु थिए । सबैको लागि स्न्याक्स तयार भयो । सबैजना कुपन देखाँउदै लाइन लाग्यौ । स्न्याक्समा चिकेन सेकुवा बिशेष स्वादको थियो । राती ९ बजेसम्म जति खेर नि डाइभ हान्ने मिल्ने आउटफिटमा बसियो । साँझ परेपछि ठुलो प्रोजेक्टर स्क्रिनमा भिडियो हेर्दै, पिउदै स्विमिङ गर्न सकिन्थ्यो । सबैजना तल भोटेकोशी किनरामा फोटो सेसन गर्न भनेर झ¥यौँ । प्रश्नः भोटेकोशीले सबैभन्दा बढी के बगाउछ ? उत्तरः जुत्ता । हो एक्जनाको जुत्ता बगायो । एकछिन ढुङ्गाको चाङ् कस्ले ठुलो बनाउने भन्ने स्पर्धा चल्छ । साँझ झमक्क हुन्छ, हामी माथि फर्कन्छौ । स्विमिङ फेरि सुचारु हुन्छ । थाकेपछि सानो पुलको माथिपट्टी उचाईमा टेबल राखेर सबैजना वरिपरि बस्छौँ । रुखमा बेरिएका बत्तिले फालेका रङ्गिबिरङ्गी प्रकाशका किरण सबैका अनुहारमा धुमिल ठोक्किएका छन । डिटेल थाहा नभएपनि हाँसेको र नहाँसेको प्रष्ट थाहा हुन्छ ।   
सुकुटे फोटोपोइन्ट 

अञ्जलीले वाटर बोटल घुमाएर ट्रुथ एन्ड डेयरको शंखघोष गर्छे । अन्तमा प्रियाङ्काले अन्जान केटोसँग फोन नम्बर मागेपछि खेल बन्द हुन्छ । हामी केही बेर रिफ्रेसमेन्टको लागि ओर्लिन्छाँै । “अँ साँची डिजेले हरिप म्युजिक लगार्इृराछ जाँऊ जाँऊ छिटो नाँच्न”− समीरले हेडबङ सुरुगर्छ । धर्ती फाट्ला जत्रो चर्को संगीतमा तन्नेरातन्नेरी भुँई थर्काउदै नाँचिरहन्छन् । ११ बजेपछि खाना खान गयौँ । हल्का सेलाएको भएपनि भोकले गर्दा औधी मिठो भयो । 

एक घण्टा पालैपालो टेबल टेनिस र डार्ट खेलियो । टेन्टभित्र साह्रै गर्मी रहेछ । सुत्न सकिएन । बाहिर आएर पुल साइडमा रहेको म्याट्ट्रेसमा उत्तानो परेर सुतियो । त्यो रात धेरै मान्छेहरु सुत्दै नसुति बिहान हुन्छ । ब्रेकफास्टपछि सल्लाह चल्छ− “बाढी निकै माथिसम्म आको छ आज । ¥र्यािफ्टङ गर्ने हो?” केटीहरु मान्ने वाला थिएनन् । ज्यान जाला तर ¥र्यािफ्टङ चाँही छोडिन्न । लामो फर्म भरेर प्रतिब्यक्ति एक हजार रकम बुझाएपछि गाइड्ले हेल्मेट ज्याकेट र प्याडल लिएर किनरामा जाने सङ्केत गर्छन् । चप्पल बालुवामा फालेर ¥र्यािफ्टङका लागि होमिन्छौँ । हाम्रो मुल गाइड् राजकुमार श्रेष्ठले ¥र्यािफ्टङको नियम, अनुशासन र सुरक्षा तथा उद्दारका बिषयमा आधा घण्टा अभिमुखिकरण गर्छन् । 
दङ्ग पर्नुको पनि हद हुन्छ नि बाइ !!

हामी आठ जना प्याडल फर्वार्ड चलाऊदै भोटेकोशीसँग बग्न थाल्याँै । छालले घुमाएर डडाँल्नुमा प्रहार गर्दा हाम्रो अट्टाहास र चिच्याहट चुलिन्थ्यो । ठुलो छाललाई बिजय गर्नासाथ "प्याडल हाइफाइभ्" भनेर गाइड्ले गोप्रोमा भिडियो कैद गर्दथे । हामी सबै जय भोटेकोशी भन्दै फेरी प्याडल घुमाउन थाल्थ्यौँ । हल्का सजिलो ठाउँ आएपछि गाइड्ले हामी मध्यको एकलाई झुक्क्याएर भोटेकोशीमा फालिदिन्छन् । त्यसपछि सबैजना हाम फाल्छन् । धमिलो पानीमा ¥याफ्टको डोरी समात्दै हामी पानीको रफ्तारमा बगिरहन्छाँै । त्यो सम्पूर्णतः प्राकृतिक आनन्द थियो । हामीले डुङ्गा जानीजानी पल्टाउछौँ । श्रिना डुबेर कायाकले नै रेस्क्यु गर्नुपर्ने अवस्था आँउछ । केही क्षणमा क्विकस्यान्डको दलदलमा उफ्रिन्छौँ । डेढ घण्टामा दोलालघाट आईपुग्छ । त्यहाँबाट पुनः सुकुटे गएर लन्च गरी हामी ३ बजे काठमाडौंका लागि प्रस्थान गर्दछौ  ।

एक जनाको लजिङ फुडिङ् (स्न्याक्स, डिनर, एक रात कटेज अथवा टेन्ट सेल्टर, भोलिपल्ट ब्रेक्फास्ट र हिंड्ने बेलामा लन्च ): रु २,२००
काठमाडौं बाट लाने लैजाने भाडा: रु ५०० ।   

मोटरसाइकल तथा साना गाडीहरु आरामदायी तरिकाले सुकुटेसम्मा पुग्न सक्छन । यथेस्ट पार्किङ् । 

बुकिङको लागि संपर्क गर्नुहोस्:
Sukute Beach Camp Equator Expeditions / Sukute Beach Resort Owner: Rashmi Thapa Mobile: 9843160988; 9841229388 Landline: 014700854, 014700801 (The contact office: Thamel inside the premises of Shisha bar, next to Kathmandu Guest House)

यो संस्कराणात्मक लेख कान्तिपुर साप्ताहिकमा श्रावण २४ गते  (August 9, 2019) प्रकाशित् छ । 


सुकुटे बिचको यो यात्राको रमाइलो भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

Comments

Post a Comment

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।