Skip to main content

समाजका चित्रहरु


यो लेख २०७६ साउन १७ गते (August 2, 2019) को कान्तिपुर साप्ताहिकमा प्रकाशित् छ । 


चित्र १ः  धनबहादुर एक ठेकेदार हुन् । ढुङ्गाखानी र क्रसर उद्योग छ उन्को । राजनीतिमा खासै चासो नराख्ने उनी स्थानिय चुनावमा प्रतिष्ठित पाटीबाट वडाध्यक्ष उठिदिन अनुरोध आयो । उन्ले उम्मेदवारी दिए र अत्याधिक बहुमतले जिते जबकी उन्का प्रतिद्वन्धी बिसाँै बर्ष समाज र राजनीति जानेका निम्न आय भएका ब्यक्ती थिए । धनबहादुरले आफ्ना मतदाता धेरैलाई चिन्दैनन् र उनीहरुको बस्तुस्थितीका बारेमा खासै जानकार छैनन् । धनबहादुरलाई थाहा छ अब बिकास गर्नुपर्छ । त्यसैले उन्ले आफ्नो सम्पत्तिमा एउटा डोजर थपे । यता गाँउपालिकाबाट बजेट निकसा गर्ने उता गाँउका पाखाबारी आफ्नै डोजरले भासेर बाटो बनाउने । प्रकृया सबै मिलेको छ, बेरोजगार भान्जोको नाममा क्रसर र कम्पनी दर्ता छ । घुमाई फिराई टेन्डर त्यसैलाई पर्छ । यसरी आफ्नो वडामा उन्ले बिकासको खोलो नै बगाइदिए ।




चित्र २ः शंकर एक प्रगतिशील बामपन्थी नेता हुन् । १० बर्षे जनयुद्धमा खरो होमिएका उन्ले अध्ययन र ब्यवसायिक सीप त केही हाँसिल गर्ने मौका पाएनन् तर पाटीका शिर्षस्थ नेताहरुसँग बाक्लै संगत गर्ने अवसर पाए । त्यो चीनजानले उन्लाई संसदिय चुनावमा फाईदै भयो । उन्ले सजिलै टिकट् पाए । पाटी एकिकरणको लाभ उठाउदै उन्ले प्रतिपक्षीलाई भारी अन्तरले जिते । एक दुई पटकको प्रयास फेल खाएपनि उनी पूर्ण बिश्वस्त छन कि मन्त्रिमण्डलमा सानो हेरफेर हुनासाथ उनी मन्त्री बन्ने सुचिमा प्राथमिकतामा छन् । भरिसके फुलमन्त्री नभए राज्यमन्त्री त पक्कै ।   

चित्र ३ः एउटा नगरपालिकामा दुई जुझारु उम्मेदवारबिच मेयर पदका लागि स्पर्धा हुने भयो । शिशिर र अमर दुबै शिक्षित छन् र पाटी राजनीतिमा अब्बल पनि । शिशिरले ग्राभेल् बाटोले छोएको चार रोपनी फाँटनै बेचेर चुनावमा खर्च गरे । अमरको जायजेथा पर्याप्त नभए पनि अमेरिका बस्ने उन्का सहोदर भाईले अभियाननै चालाएर चाँइदो पैसा पठाइदिए । नपुगे अझै पठाउने तर कुनै कैफियत नराख्न भाईले अमरलाई आस्वस्थ समेत् गराए । शिशिरले आर्थिक चलखेलमा आफु कम्जोर हुने देखेपछि बैठक गरेर सम्पूर्ण पाटी सदस्यबाट कम्तिमा पाँच् सय र ब्यापारीहरुबाट १० हजार सहयोगको उर्जी जारी गरे । दुबै पक्षका कार्यकर्ता झोला भरी नोटका बिटा लोड गरेर गाँउ शहर छिरे । बिहान घर दैलो अभियान हुन्थ्यो भने बेलुकी अवस्था हेरेर बैठक कोठा र भट्टिमा प्रलोभन, पैसा, रक्सी र सितनको बदलामा भोट् याचना गरिन्थ्यो । दुबै पक्षले धम्कीको साटो नम्र तालले पिठो मुछेजसरी मतदातालाई ललाई फकाई गर्दै भोट् मागे । चुनावको तीन दिनअगाडि देखि दुबै पक्षले मासु भात र रक्सीको निःशुल्क मेस नै सञ्चालन गरे । 

अन्ततः शिशिरले झिनो अन्तरले जिते । डलरले काम गरेन, स्वदेशी पैसाले जित्यो । अब शिशिरको प्राथमिकता भनेको निश्चय नै गुमेको सम्पत्ति जोड्नु र डक्को ऋण लिएको ब्यापारीलाई रकम फिर्ता गर्नु हो । बहकाउमा ५० लाखको खेत सकेर बुढेसकालमा दुःख पाउने रहर छैन उन्लाई । भित्री रुपमा बरु ५० हैन १ करोड पर्ने थप् सम्पत्ति जोडेर मह काढ्नेले हात चाट्छ भन्ने उखानलाई चरितार्थ पार्ने छन् उन्ले । साथै आफुलाई गुन गर्ने शुभेच्छुकहरुलाई हरहालतमा गुन फर्काउने संकल्प पनि एकातर्फ छदैछ । सुरुकै दिनमा नगरपालिकाका पुराना स्टाफहरुसँग छलफल गरेर मुख्य मुख्य शाखा, प्रशासन अधिकृत र लेखा अधिकृतसँग मिलेर उनी बढी प्रतिशत आफुलाई आँउने डिलमा पुरानै च्यानलमा दुरुस्तै फिट हुन्छन् । ठेकेदारहरु र बिचौलियाहरुसँग त उन्को बेग्लै हिसाब छ । उन्ले घुस, भ्रष्टाचार र कमिसनतन्त्रको जालोलाई तोड्नुको साटो आँफै हिस्सेदार बनेर ससक्त र संगठित बनाउदै लगे । बिधिवत हुने कामलाई पनि आज जनताले चुनावताका खाएको मासुभातको मुल्य मोटो रकम घुस दिएर तिर्नु परेको छ ।


माथिका तीन वटा दृष्टान्तहरु काल्पनिक भएता पनि नेपालको परिपेक्षमा प्रायः मिल्न जान्छ । अपवादलाई छोडेर राजनीतिको खम्बा मुलतः पैसा र पँहुचमै उठाइएको छ । राजनीति भनेको राष्ट्रसुधारको मुल ट्याङ्की हो । ट्याङ्की नै जब फोहोर हुन्छ भने त्यसबाट आँउने पानी जरुर प्रदुषित हुन्छ । त्यो पानी भनेको शिक्षा, स्वास्थ्य, सुरक्षा, कृषि, भौतिक योजना र बिकास आदि सबै हुन् । तसर्थ सबैभन्दा पहिलो कुरो ट्याङ्की बनाउन गतिलो सामांग्रीको चयन् गर्नु पर्यो  । दुषित, नक्कली र जाली सामांग्री प्रयोग गरेपछि ट्याङ्की गतिलो हुँदैन र यसबाट आउने पानीले रोग फैलाएरै छाड्छ ।

Connect:
facebook.com/ravinems
Twitter/Instagram: @ravinems

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...