Skip to main content

ह्याप्पी केपी ओलिङ !!

हास्यकलाकार त्यो हो जो लोक हसाउन माहिर हुन्छ । हसाउने काम बाहेक कामको नाममा सिन्को नभाचे पनि उस्ले अर्कालाई ब्यंग गर्न भ्याएकै हुन्छ, जानेकै हुन्छ । बोल्दा मिठास लाग्दा बाणी, लयमालय सुरमा सुर । तर क्षणमै मुखार्बिन्दुबाट कटाक्ष निस्केर कुन्नी कस्को मुटु चिराचिरा पर्ने हो तेस्को केही ठेगाना छैन । लोक हसाउने लोभमा हावा कुरा त हास्यकलाकारले कती बोल्छ बोल्छ । ओली ज्युतपाईंमा यि सब कुरा मेल खान्छ नि ।

प्रथमत कुराले चिउरा भिज्ने भए दही किन चाहिन्थ्यो? भात्रिसंगठनका सभा समारोहमा चाहर्दा ताली र प्रसंशाका पगरी गुथ्ने क्षणिक् लोभमा परी तपाईंले खै के के भन्नु हुन्छ हुन्छ मलाई त हासो उठेरआउछ । कि तपाईंलाई कहाँ के भन्नु पर्छ भन्ने सद्बुध्धी नभएको हो कि त भने मैले के बोले भन्ने कुरा को हेक्कै नहुने बानी छ तपाईंमा । नत्र त प्रत्यक दिनको समालोचना सहित्  अर्को दिन सुध्रने कसरतत हुनु पर्ने हैन र?  प्रधानमन्त्री भनेको देशको सबै भन्दा ठुलो ब्यक्ती हो । उस्को नितान्त ब्यक्तिगत जिबन बाहेकका धेरै कुराहरु छापामा राष्ट्रिय समाचार बनेर आउछन । के तपाईंलाई यो कुरा थाहा हुनुपर्ने हैन प्रधानमन्त्री भनेको कुनै कोठे हास्य कबी हैन भनेर?

श्रिँगारिक् शैलिमा उत्कृष्ट भाषा छनौट गरी मणगणन्ते नै सहि आफ्नो कुरा लाई हाइलाइट गर्ने र बिपक्षीबिरुद्ध उखान र टुक्काको सिल्सिलेवार प्रस्तुतिले स्रोतालाई मोहित बनाउने अभुत्पुर्ब क्षमता भएकाप्रधानमन्त्री त आखिर हामीले पायौ नै कैले? त्यो इच्छा आज हाम्रो पुरा गर्नु भएको छ तपाईंले । सधैं जसो फ्रीमा मनोरन्जन दिने गर्नु भएकोमा आभार त प्रकट गर्नै पर्‍यो ।

एक पछी अर्को गरेर हप्तै पिच्छे तपाईं एउटा न एउटा टुक्का पस्किदै आउनु भएको छ । तपाईंको बोली लाई तपाईंको पार्टीले, पार्टी समर्थक ले घोर प्रसंशा गर्छन् र बिपक्षिले घोर निन्दा गर्छन् । त्यो तराजनीति यस्तै छ नेपालको, तर प्रधानमन्त्री जस्तो ओझिलो तप्काको मानिसले बोलेको बोलीलाई उडाइनु हुँदैन, जुन अक्सर गरिने गर्छ तपाईंलाई अनी तपाईंको बोलीलाइ ।

हुन त इन्टर्नेटको दुनियाँमा पनि झन्डै झन्डै तपाईंले धमलालाई समेत् माथ गरिसक्नु भयो । युट्युबमा धरी ओलीको बोली भनेर सर्च गर्दा झन्डै पाच् हजार वटा मिल्दा जुल्दा भिडिओ आउछ । केही छिन्हास्न मन लाग्यो भने ‘ओली’ शब्द घुसेको प्राय जुनसुकै फेस्बुक पेजमा गए हुन्छ । प्रधानमन्त्री के यती सम्म हल्का र यतिसम्म हासो को पात्र हुनु के सहि हो र? हैन, किमार्थ हैन । देश सुधार्ने जिम्मालिएको मान्छे ले पहिले आफुलाई सुधार्नु पर्छ । सबै ब्यक्ती ब्यक्तीमा केही न केही अवगुण त हुन्छन नै तर प्रधानमन्त्रीमा यस्तो अवगुण हुनु राम्रो हैन । किनकी राष्ट्रप्रमुखले उच्चारण गर्ने शब्द शब्द कोओझ हुन्छ, हुनुपर्छ ।


अहिले तपाईंको पानी जहाजको कुरोले हिट खाला जस्तो छ । नयाँ अर्को उखान आएन भने जरुर एक्कौन्न दिन मनाउला । बोल्न पनि कहाँ बाट आउने हो, वा! तपाईंलाई मान्नु पर्छ । बिचरा हामी जनतालाई कती सम्म भुसा थैला हाल्न सक्ने रहेछन नेताहरुले । हामी पनि तेस्तै – दु:ख र सास्तीले दशकौ सम्म राहत महसुश गर्न नपाएको मानसिक्ताका हामीलाई आश्वाशन् पनि राम्रो र मिठो लाग्छ । नेताहरुले तेइ बोलेर हाम्रो भोट् र ताली कुम्ल्याउछन जुन हाम्रो कानले सुन्न चाहन्छ । अहिले भोट् र ताली दुबै नचाहिने बेलामा आएर बेफ्वाकसँग पानी जहाजको हुइया किन फैल्याउदै हुनुहुन्छ? गांस बास र कपासकै मुल समस्यामा अल्झिरहेका हामी नेपालीलाई यस्तो नचाहिदो पानी जहाजको त अश्वासअन सामेत् चाहिदैन, धरोधर्म । यही देशभित्रै सजिलै सँग गर्न सकिने हजारौ कदमहरु छन, तेस्लाई गरेर देखाउनु होस् । भुपरिबेस्टित् राष्ट्रमा पानीजहाज किन्ने नौलो किस्सा जोडेर फेरी एक्पटक विश्व हसाउने काम गर्नु भन्दा काठमाडौं बासीलाई एक घुट्को सफा पानीको ब्यबस्था गर्न चांडो भन्दा चांडो मेलम्ची झार्न पहल गर्नुहोस् । एउटा डुंगा चल्न सक्ने पानी को बन्दोबस्त गर्नुस् । ग्यासको पाइप्लाइनको किस्सा जस्तै यो किस्सा पनि केही महिनामा बीर्सि हाल्छन भनेर भन्नु भएको भए यस्मा घाटा तपाईंलाई नै हुन्छ । प्रधानमन्त्री भएर वाइयात कुरा गरेर  रेकर्ड नै ब्रेक गर्ने भित्री सोख छ भने बढ्नुहोस् अगाडि शुभकामना छ तपाईंलाई । ह्याप्पी केपी ओलिङ !



यो लेख "ओली ज्यु तपाईं हास्य कलाकार कि प्रधानमन्त्री?" शिर्सकमा सेतो परेवा र रियल खबर मा 19th May 2016 मा छपिएको थियो ।

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।