Skip to main content

भुँडीपुराण


 यो लेख Ratopati मा June 2nd मा प्रकाशित् छ । 

भुँडी छ रत हामी छौ । भगवान भन्दा ठुलो भुँडी हो । भुँडीकै लागि आज संसारमा तमाशा भै रहेछ । भुँडी भर्नैका लागि मानिस् उदायचल देखी अस्तायचल सम्म दौडिरहन्छ । भुँडी छ रत संसार यो बिघ्न चलायमान छ । भुँडी छ रत बाच्नु को मज्जा छ ।

मान्छे सत्यानाशी जात हो । जस्तो सुकै खान्न भन्नेले पनि तीन छाक् हसुरेरै छोड्छन । यी प्राणीले भोक भन्ने भ्रम पालेका छन ताकी हरबखत खानको लागि सजिलो बहाना मिलोस । उठ्ने बित्तिकै चाहिन्छ तिन्लाई चिया, कफी, ब्रेड, अंलेट । यसरी बेड्बाट ओर्लदा ओर्लदै खाइने चिजलाई छुट्टै नाम दिदा रहेछन -ब्रेक्फास्ट रे । ब्रेक्फास्टमा के मात्र खाँदैनन उनिहरु? नहुनेले सामान्य चिया देखी लिएर हुनेहरुले त लोब्स्टर सम्म खान्छन । त्यस्तै गरी करीब बिहानको एघार बजे तिर खाने परीकारलाई 'एलिभेन्सेज' भन्दा रहेछन । यस्मा चिया कफी र हल्का बिस्कुट पर्दो रहेछ ।

ब्रेक्फास्ट वा लन्चको सट्टामा बिचको समयमा खाइने चिजलाई ब्रन्चको नामाकरण गरिएको छ । ब्रन्चको रुपमा ससेज, ह्याम, प्यान्केक,ब्याकोन वा अन्डा जस्ता परीकार खाइन्छ । लन्च त दिन को मुख्य खाना भईहाल्यो- रसगुल्ला, स्ट्यु, भात, सुशी वा चपाती । । डिनरमा क्यासरोल, भात, रोटी, म्याकोरिनी, स्पघेट्टी, नुडल, वा परीज खाइन्छ ।  सुत्नु अघी पनि मान्छेले खान छोड्दैन, तेस्लाई सपर भन्छन जस्मा फल्फुल तथा हल्का खानेकुरा खाइन्छ । अझ प्रत्यक चोटि खाइसकेपछी चाहे लन्च वा डिनर जे खाए पनि डिजर्ट भनेर दही केरा अाइस्क्रिम्, केक वा अन्य गुलियो खानु सम्म खान्छन ।

साठी केजी वजन भएको एक सामान्य मान्छेले ब्रेक्फास्ट, लन्च, लटर्पटर र अन्त्यमा डिनर खादा कम्तिमा दैनिक दुई किलो हजम पार्दो रहेछ । मानिषले अक्सर दिनमा दुई किलो भन्दा बढी नै खान्छ, अझ सित्तैमा पायो भने ५ किलो भेट्न बेर लाउदैन । दिनमा सर्दर दुई किलो हसुर्नेले हप्तामा चौध, महिनामा छपन्न किलो सिध्याउछ । अर्थात एक बर्षमा छ सय बहत्तर किलो ।

औसत आयु पैसठ्ठी बर्ष हिसाब गर्ने हो भने जीवन भरमा लग्भग चौवालिस टन स्वाहा पार्ने रहेछ एक ब्यक्तीले । चौवालिस टन धान एकै बालिमा उमार्न कती हेक्टर जग्गा चाहिन्छ सोच्दा समेत् पनि पागल हुइन्छ । हिसाबमा आउछ कम्सेकम चार हेक्टर जस्मा हुन्छ चालिस हजार बर्ग किलोमिटर । हो, क्विन्टलका क्विन्टल प्राकृतिक स्रोतहरु हामी सब पेट्भित्रै हालेर सिध्याउछौ ।  जती सुकै मिठा र बास्नादार खाने कुरा भए नि हाम्रो जातै बैगुनी अन्त्यमा अन्धकार खाडलमा निसन्कोच गनाउने बनाएरै फालिदिन्छौ ।

यो भुँडी पनि वास्तवमै अजिबको चिज हो, कस्तो बनाको । कहिले एक कप चिया र दुनोटमा अघाउछ, फेरी लौत भनेर दुई वटा समोसा पेलौ भने पनि जान्छ । अघाउन त अघाएकै हुन्छ तेस्माथि एक प्लेट पकौडा, एक प्लेट चना र दुई अन्डा अनी एउटा सेल पनि बल गरेमा अटाउछ । कसैले खिर र अचार् लेरायो भने त्यो पनि आधा घण्टा कुरेर फुलेको पेट हल्का घटाएर हामी खाइदिन्छौ । पेट भन्दा बढी लोभि हाम्रो मन छ । चलनको उखानै छ पेट त भर्यो तर मन भरेन । मन भरेन भने जती खादेनी खादिने कस्तो अचम्मको धोक्रो रहेछ यो । तेसैले त बच्चा बेलामा स्याप्रो परेको पेट देखे जत्तिका खानेकुरा क्रमश भर्दै जाँदा उमेर बड्दै जाँदा पुटुस्स पार्दै पार्दै हामी घ्याम्पे बनाउछौ । घ्याम्पे पेट हुनु बडो शान को कुरा हो । पुगिसरी आएको लक्षण आखिर ठुलो पेट ले नै त देखाउछ ।

रबर झै निस्फिक्री तन्किने मानबभुँडी  लाई केके हालेर तन्काइन्छ त? चिया, कफी, दुध, निम्की, पाउरोटी, अन्डा, चना, भात, दाल, अचार्,तर्कारी, दही, घ्यु, मही, ढिंडो,जाउलो, खिचडी, सातुसर्बत्, हलुवा, खिर, पनिर, चिज, रोटी, पुरी,सेल, पानी, कोक, फ्यान्टा,रेड्बुल, बियर, भोड्का, छोएला, हास, माच्छा, कचिला, सेकुवा, ड्याकुल्ला, आल्तामा, चिउरा, भट्मास्, फल्फुल, चट्पट, भुजिया, पानीपुरी र यो सुची लेख्दै गएमा समुद्र सम्म पुग्छ ।

पुराणनै कथ्ने भईसकेपछी छोटकरिमा अब यस्को एनाटोमी पनि जानौ । पेट्मा हुन्छ आमासय, सानो आन्द्रा र ठुलो आन्द्रा । मुखमा आएको खानालाइ  दात र थुकले टुक्र्याएको खाना आमासयमा स्टोर हुन्छ जहाँ थप पाचन रसहरु मिसिएर खानेकुरा अझ गल्छन । सानो आन्द्रा पेट्को मुल घट्ट हो जहाँ टुक्रे खानेकुरा पिसिन्छ अनी धेरै सोसिन्छ पनि । ठुलो आन्द्रामा पनि थप रस सोसिन्छ र अन्त्यमा बिकार युक्त बस्तु उत्सर्जनका लागि स्टोर गरेर राखिन्छ । त्यो स्टोर गरेको बिकारमा सुङुरको मासु देखी हाँसको छोएला सम्म नछुट्टिने गरी समान रुपले मिलेर रहेका हुन्छन । सानो अन्द्रा कारीब छ मिटर लामो हुन्छ भने ठुलो अन्द्रा तेस्को एक चौथाइ हुन्छ, यानी ठुलो आन्द्रा घाँटीमा दुई फन्को माला लगाउन लाई पुग्छ ।


​​लेखक रेयुकाइ आँखा अस्पातलमा कार्यरत छन, संपर्क: [email protected],

Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

बृद्ध नेतृत्वले मक्किएको देश

( यो कुनै पाटी बिशेषलाई मात्र भन्न खोजिएको हैन । सबै पाटीहरुको हालत एउटै छ ।) बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शिर्ष चेहेराहरुमाथि बिचार गरौं । समय बद्लियो, ब्यबस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहारहरु बद्लिएन । धेरै नेताहरुले पाटी बदले, पाटीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनासुकै तन्त्र आएपनि किन देश र जनताको स्थिति सधैं बेहाल? एक प्रमुख कारण हुन सक्छः बुढा नेताहरुको बिगबिगी । जुनसुकै ब्यबस्था आओस, पञ्चायतदेखि अद्योपान्त कमल थापा शक्तिकेन्द्रमै देखिन्छन् । उन्को पाटीको मुल मुद्दा राजतन्त्र भएतापनि गणतान्त्रिक धारका पाटीको गठबन्धन सरकारमा समेत उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्न उनीभन्दा योग्य अरु मानिएन । प्रजातन्त्रमा विश्वास राख्ने सपुतहरु भनिएका राजाले प्रधानमन्त्री पदको भ्याकेन्सी खोल्दा दर्खास्त दिन जाने निर्लज्ज नेताहरु अझै पनि पाटिका होनहार कहलिएकै छन् । कस्तो मोह त्यो कुर्सीको जस्ले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आश त्याग्दैन ? आफु धेरैपट...