This artcle was also published in eKantipur's Saptahik Blog on 8th July 2016
म एक आम शिक्षित बयस्क नवजवान नेपालीको यहाँ प्रतिनिधी पात्र मात्र हुँ । यो भोगाइ मेरो हैन तिनै बर्सेनी अमेरिकाका विश्वबिद्यालयबाट रिजेक्ट खेपिरहने फ्रस्ट्रेटेड जथ्थाको हो ।
नेपाल आज र दिनानुदिन युवापुस्ताको लागि निराशाको भुमी बन्न पुगेको छ । यहाँ आफ्ना साना नानीले नेपाली राम्रोसँग नआउँदै बिदेशी भाषा, बिशेषगरी अङ्रेजी, बोल्दा गर्वले शीर ठड्याउने अविभावकहरुको कुनै कमी छैन । स्कुल देखी लिएर नेपालका कलेज विश्वबिद्यालयसम्म आज बिदेश जान योग्य युवायुवती तयार गर्ने कारखाना बनेको छ । उच्च शिक्षा नेपालमा पनि नभएका त हैनन तर एकैबार सहि बिदेश गएर नपढ्ने ब्यक्ती त साचै यो समाजले असक्षम नै ठहर्याउछ ।
जुन महिनाको झन्डै झन्डै अन्तिमतिर आइपुग्दा यस्पाली ‘फल’ सेसनका लागि अमेरिकाका विश्वबिद्यालयले आमन्त्रित गरेका नवजवान हरु खुबै हर्सित छन । भिसा हातहातमा झरिसकेको छ, मनमा छुट्टै उल्लास छ । अगस्ट महिनाको दोस्रो हप्ता भित्रमा मिल्ने गरी प्लेन टिकेट पनि बुकिङ छ । बस्नको लागि उता गएका वा भएका पूर्वज साथी वा दाईदिदीहरुसँग चर्कै कुरा हुन थालेको होला । कोइ कोइ साथीहरु यहिबाट संगै जानेमा हुनुहुन्छ होला । सम्बन्धित विश्वबिद्यालयका नेपाली विद्यार्थी युनियनहरु पनि योबेला बस्न फ्ल्यट्मेट वा अन्य चाजोपाजो मिलाइदिने काममा बेस्तै हुन्छन । शपिङ अनी आफन्तजन भेट्घट तिब्र भईरहेको छ । कोइ फिजिकल फिट्नेस् का लागि जिममा गएर त कोइ एरोबिक्समा ‘वोर्काउट’ गरेर बिहानी ब्यतित गर्दै होलान । ड्राइविङ सिक्ने र यथासम्भव यही महिना भित्र लाइसेन्स खसाल्ने माहाअभियानमा पनि थुप्रै साथीहरु जुट्नु भएको होला । बधाई र शुभकामना उहाहरुलाई ।
आफ्नो चाँही यस्पाली पनि रिजेक्ट लेटर हात पर्यो :(
टि. यु. को मास्टर फिजिक्स प्रथमा श्रेणीको सक्कली प्रमाणपत्र छ । हुने सम्म त पढियो अब बाँकी अफुले चाहेको बिषयमा पि. एच्. डि. गर्ने अवसर देशमा नभएपछी वाध्य भएर बिदेशिनु पर्ने अवस्था सिर्जना भयो । नेपालमा प्राय जुन सुकै बिषयमा पनि मास्टर सकेपछी पढाउने बाहेक अरु केहीमा स्कोप छैन । एजुकेसन सङ्काय पढेकाको त धर्म हो पढाउने, तर यहाँ माइक्रोबायोलोजी वा इन्फर्मेसन टेक्नोलोजी पढेका सम्मको कर्म बनेको छ पढाउने । फेरी पढाउने काम जस्तो जस नपाउने काम भने अरु छैनन पनि होला । कलेजका ब्यबस्थापकको चाप्लुसी गर्नु पर्ने त छदैछ, थप रिजल्ट आएपिच्छे 'विद्यार्थीको भबिस्य बर्बाद गर्ने शिक्षक' भनेर अारोपित हुन हर बखत तयार रहनु पर्छ । अनी कुनै विद्यार्थीले डिस्टिङ्सन ल्यायो भने उस्ले आफ्नै बनी बुताले ल्याएको हुन्छ, फेल हुने विद्यार्थी त सधैं शिक्षककै लापर्बाहीले भएको मानिन्छ । दिउस एक ठाउमा पढाउने भएपछी प्रिन्सिपलले दिनभरी नै थुनेर राखौला जस्तो गरेर पिरिओड फिक्स गर्न लगाउछन । बिहान अर्को कलेज भ्याउन पाए मासिक चालिस हजार नगद कतै जादैन थियो । तर पाच् बर्ष भईसक्यो यो रुटिन, हुने केही हैन । पैसा जाबो जत्ती कमाए पनि नपुग्ने नै रहेछ । सुरुसुरुमा पचहत्तर सय महिनावारि हातलाग्दा पनि काठमाडौं बसिएकै थियो अहिले चालिस हजारमा पनि जीवन धौ धौ लाग्छ । आजभोलि नेपाली नगद खोस्टा बढी लाग्छन, मुल्यबिहिन ।
भौतिक शास्त्र बिषय मेरो चासोको बिषय भएर मैले पढेको थिए । बेचलर गर्दैगर्दा थाहा भयो यो पढेपछी त नेपालमा शिक्षक हुइने रहेछ । शिक्षक नै यदी बन्नु थियो भने त म जरुर मास्टर लेबल सम्म यसरी राजधानी अाइ दु:ख गरेर फिजिक्स पढ्दैन थिए, गाउकै कलेजमा एजुकेसन सङ्कायमा बिज्ञान बिषय लिएर पढ्थे । आखिर कुरा उही त रहेछ: शिक्षक । झन तेसो पढेको भए त सरकारीमा लड्न लाइसेन्स समेत् नचाहिने रहेछ ।
आफुसरहका साथीभाइ करोडपती सम्म हुन भ्याइसके । सरस्वतिको अन्धभक्त भएर शिक्षालाई आत्मासाथ गरेर हिंड्ने म आज झन्डै झन्डै नकामको भईसके । दुई आना घडेरी जोड्न समेत् सोच भन्दा परको कुरो बनेको छ । सबैभन्दा राम्रो पढ्ने भनेर स्कुलै देखी पटक पटक पुरस्क्रित हुँदै आएको म परिवारको पनि आशाको राम्रै केन्द्र थिए । छिट्टै कुनै भरपर्दो बाटो नसमाते म अब कुनै अन्नपानीको आश गर्न नसकिने निरझर मरुभुमी तुल्य हुने वाला थिए । अब मेरो जिन्दगीमा ठुलै मिराकल चाहिएको थियो । हो, त्यो मिराकल बनेर आयो अमेरिकाको पि. एच्. डि. ।
को को गए त पि. एच्. डि. गर्न भनेर एक रात घोत्लिएर लिस्ट निकाँले । डिग्री सकेको पाच् बर्षमा थुप्रै पो बिदेसिएछन त । खान लाउनैको चपेटामा रुमल्लिएको म पि. एच्. डि. तिर त पहिले सोच्नै पो कहाँ भ्यांए र । तसर्थ, पढाउने सर्वसुलभ काम बाहेक अरु धेरै अवसरहरुका बारेमा म अक्सर बेखबर नै थिए । अब्बल त अब्बल भैगए, शैक्षिक रुपले म जस्तै वा म भन्दा धेरै कम्जोर साथी भाई पनि करीब डेढसयको हारा हारीमा अमेरिकामा भौतिक शास्त्र सम्बन्धी बिषयमा टिचिङ वा रिसर्च असिस्ट्यान्ट भै, स्टेट र युनिवर्सिटी हेरी, वार्षिक नौ देखी चौवालिस हजार सम्मको डलर कमाउदै रहेछन ।
बुझ्दै जाने क्रममा केही साथी हरु फेला परे, उनिहरु पनि तेही ध्यावन्तीमा रहेछन । ग्र्याजुएट रेकर्ड एक्जामिनेसन (GRE) भन्ने एउटा अङ्रेजी स्ट्यान्डर्डाइज्ड परिक्षाको तयारी कक्षामा भर्ना भैसकेपछी पो थाहा भयो, मेरा जस्ता इच्छा बोकेका युवा युवती कमिलाका भन्दा बढी ताँती बनाएर बर्सौ बर्ष देखी बसिरहेका रहेछन । सबैको मिसन: अमेरिका ।
बिसौ हजार खर्च गरेर जी. आर. इ. परिक्षा दिइयो । अब फेरी टोफेल (TOEFL) गर्न पर्ने भयो, त्यो पनि गरियो । नोभेम्बर देखी जोड तोड सँग आवश्यक कागजाज पूर्याउन दौडधुप खुब गरियो । यता अन्लाइन फर्म पनि सब्मिट गरियो अनी सिफारिस,अभिप्राय पत्र र ट्रान्स्क्रिप्ट दिहाएको युनिवर्सिटिको ठेगानामा एक्स्प्रेस मेल पनि गरियो । जनवरी सम्म सब टन्टा सकेर मन को लड्डु घिउ सित खाने बाहेक अरु केही भएन ।
सिमित हजारको सँख्यामा यस्पाली विद्यार्थी छनौट भएपनी दसौ हजारको सङ्ख्यामा अरु विद्यार्थी 'रिजेक्टेड' भएका छन । धेरै रिजेक्टहरुले आगामी बर्षहरुमा पनि कोही उच्च शिक्षाको भित्री इच्छालाई सत्यतामा बदल्न, कोही देखासेखी र व्हिममा वा कोही पारिवारिक सामाजिक दबाबमा एप्प्लाई गरिरहने छन । कोहिले तेत्तिकै गर्लान, कोहिले कागजात अझ दरिलो बनाएर वा कोहिले टेस्ट रिपिट गरेर, गर्न त आखिर गर्छन् नै । अमेरिकन ड्रिम जिउन चाहने उहाहरुलाई शुभकामना । म चाँही बहिस्क्रित हुँदा हुँदा अब अर्को बहिस्कार को लागि लायक नभएकोले अर्को पटक अमेरिका लैजाने प्रकृतिका कुनै पनि आवेदन नभर्ने निर्णयमा पुगेको छु । यसो भनी रहदा म आज अफु भित्र आएको गजबको परीपक्वताको महसुश पनि गर्न सफल भईरहेछु ।
आखिर यो बिदेश मोह किन त? बाह्र कक्षा सकेर स्याट गरेर अमेरिका एप्प्लाई गर्ने पनि अहिले उत्तिकै छन । अमेरिका शैक्षिक गन्तब्यको हिसाबमा जापान र अस्ट्रेलिया पछी नेपालीका लागि तेस्रो मुख्य देश हो । आम युवा पढाई भन्दा ज्यादा त्यहाँको जीवनगुणस्तरका हिसाबले अमेरिका छुट्ने प्लेन चड्न बढी लालाइत भएको पाईन्छ । त्यहा बिद्यावारीधी सकिसकेपछी स्वदेशमा स्कोप हुने बिषय बिरलै छन । यती बुझ्दा बुझ्दै पनि म जस्ता युवा अमेरिका अवसरको भुमी हो भन्ने सोचका साथ चान्स मिले उतै ‘सेटल’ हुने मनसायका साथ एप्प्लाई गर्दछन । जसरी गएनी अमेरिकै त हो भनी डि. भि. भर्न पनि कतै बाट कुनै कसुर नराख्ने शिक्षित युवा जमातमा हिजोसम्म मै पनि थिए ।
पढेलेखेका समेतको यो देश छोड्ने पराजित मानसिक्ताले कतै एक्दिन यो देश लाई ब्रिद्दास्रमको स्वरुपमा नलैजाओस । योग्यता, अनुभव र शिप अनुसारको काम र दाम दिलाउने सामाजिक परीपाटीको यथासक्य चाडो बिकास गर्न नसकिए त्यो दिन आउन अब धेरै टाढा छैन पनि ।
बिदेशमा उच्च शिक्षा हासिल गरेका लाई समेत् उनिहरुको बिषयानुकुल ज्ञान र दक्षता स्वदेशमै उपयोग हुने किसिमले व्याबहारिक निती तय हुनु अत्यावश्यक नै भैसक्यो । बिदेश जाने युवालर्को भन्दा देश फर्किन नचाहने युवालर्कोले कालान्तरमा देशको अर्थतन्त्र लाई जर्जर बनाउन सक्ने खतरा एकातिर छ भने, रेमिट्यान्स वा बिदेशबाट भित्रिने पैसाको मात्र आश गर्ने सरकारी र ब्यक्तिगत परनीर्भरता बड्दो छ । । कर्मयोगी युवापुस्ता देश बिकासको मुलाधार हो जस्लाई ब्यबस्थापन गर्न नसक्दा आज यि जनसक्ती रोज्गारी वा शिक्षाका नाममा संसारका कुना कुना छरपस्ट भएका छन ।
Comments
Post a Comment