Skip to main content

"जेब्रा क्रसिङ"

This article is published in Ujyalo Online on 18th July 2016

पुतलिसडकको चोक, बागजारबाट डिल्लिबजार जाँदा जेब्रा क्रसबाट रातो बत्ती निभ्ने डरमा हतार हतार बाटो काट्दा अन्जान शहरकि अन्जान कथाबोकेकी अन्जान केटीसँग मेरो ठक्कर लाग्यो । गहकिला कथा ठक्करबाटै बन्छन । न्युटनले पुर्पुरोमा स्याउको ठक्करका कारण विश्वलाई अहिलेसम्म रिंगाइराखेको  गुरुत्वबलको नियम फेला पारे, ​​मैले मेरो पुर्पुरोमा त्यही नादान केटीको ठक्करले एक्नास मलाई रिंगाइराख्ने स्वास्नि फेला पारेँ । 

म श्रेष्ठ फोटोकोपीमा जिओलोजीको एक पुस्तक प्रतिलिपी निकाल्न भनेर हन्निएको थिए, उनी कोलिन्स्मा जि.आर.इ. पढ्न भनेर हान्निदै थिइन । सम्योग कस्तो? रातो बत्ती धेरै बल्छन, नियतिले मलाई पर्खाएर, वा उन्लाई छिटो हिडाएर तेइ रातो बत्तिमा उन्लाई पारीबाट र मलाई वारीबाट लेराएको थियो । करीब दुई दस्मलब चार मिटरको चौडाइभित्र रेखाको सिधा उनी अनि तेइ रेखा तर्फ म हिंडेको थिए । नजानी नजानी उनी पनि पाइला गनेझै, मपनि पाइला गनेझै बाटोको मध्यभागमै आएर ठोक्किनु पर्ने । तेइ जेब्रा क्रसिङको सानो चौडाइ भित्र हाम्रो जिबन काहानी लुकेको हुदो रहेछ । जोडी मिलाइ दिनेलाई लम्ही भन्छन, यो कथामा चित्रित लम्ही निर्जिब हो, यो जोडीको लम्ही जेब्रा क्रसिङ हो ।

भिडभाड, अनी गाडी, मोटर्साइकलको टिटी र ट्याट्या । पैदलेहरुलाई पनि आफ्नै गन्तब्य पुग्ने हतारो, समय ठीक दिन्को पाउने तीन बजे । पिलिक पिलिक पहेलो अनी पिलिक्क रातो बत्ती । दुई सेकन्ड जति सुन्सान जेब्रा क्रसिङ, अनी सुरु भयो वारी र पारीबाट दोहोरो युद्द चल्न लागेझै बाटो काट्नेहरुको अगाडि बड्दै गरेका पाइलाहरुका सल्याङ् बल्याङ । त्यो तिथीमा, त्यो अपरान्हमा, ब्यस्त पुतलिसडकको दुई चौवालिसको तेही रातो बत्तिमा वारी र पारी जाने तालमेल नमिलेर, हतारोले आँखा नदेखेर वा अरुहरुको ठेलम् ठेलमा परेर कतिका टाउका  जुधे, कतीले मित लगाए कथा बनेका हरुले लेख्दै गर्लान वा स्मरण गर्दै गर्लान तर मलाई लाग्छ पुरै बैशाख महिना भरीनै कुनै जेब्रा क्रसिङमा परेर केटा र केटीको यो जत्तीको स्मरणिय टाउको ठोक्काइ सायदै भयो होला । किनकी यो त्यस्तो ठोक्काइ थियो जस्ले केटीलाई दुलाहा दियो अनी केटालाई दुलही । दर्शन ढुङ्गा ठोक्काउदा आगो बन्छ तर यहाँ पुर्पुरो ठोक्किदा बैबाहिक सम्बन्ध बन्यो ।       

मलाई पुस्तक फोटोकपी गरेर मिरर इन्स्टिच्युटमा ट्युसन पढ्न पुग्नु पर्ने थियो । उन्लाई तीनबजे देखीको कोलिन्सको जि. आर. इ. क्लास लिन पुग्नुथियो । त्यस क्षणमा मेरो पुर्पुरोसँग अरु कुनै भुसतिग्रेको पुर्पुरो ठोक्किएको भए जरुर उस्ले मेरो हड्डी एक एक गरी गन्थ्यो होला, अनी उन्को पुर्पुरो तेही भुसतिग्रेसँग ठोक्किएको भए आज मेरी बुढी उस्की बुढी हुन सक्थी होला । अर्थात त्यो किमती समयले बुढी साट्दिन पनि सक्थ्यो । वा भनौ साटिदिएको पनि हुन सक्छ । काठमाडौंको उग्र गर्मीबिच चट्याङ परेझै ड्वाङग दिउसै आकाशका तारा देखिने गरी टाउको ठोकियो । उन्का हात्मा बोकिएका पुस्तकहरु असरल्ल भुईमा छरिए । निहुरिएर उनी दाँया हातले ब्यारोन्सको किताब समात्दै थियिन ।  जमानाले फड्को मारेपनी उन्को कपालको स्टाइलले फड्को मारेको थिएन । ति तेसै दुई चुल्ठोमै बाधिएका थिए ।

निहुरिएकै अवस्थामा उन्ले शिर उठाएर ठक्कर दिने बेइमानीको अनुहार हेर्ने चेस्टा गरिन । समुन्ने म उभिएको थिए, भर्खर आकाशका तारा देखेरबेहोस् तुल्य म होस् नफर्किदै फेरी उन्का नसिला नयनभित्र टिकटै नकाटी स्वप्न सयरमा हिंडेछु । पछी थाहा भयो, म लाजवाब ङिच्च ङिच्च निशुल्कदन्त प्रदर्शनी गर्दै थिएँ रे । म लभ एट फस्ट साइटमा विश्वाश गर्दिन, बरु म लभ एट फस्ट स्ट्राइकमा पुरै विश्वाश गर्छु । किनकी यो प्रेम कथा नै लभएट फस्ट् स्ट्राइक, यानिकी ठोक्काइको को हो । 

लाग्थ्यो पुरै जमाना केही समयको लागि कोरिएको सिडि अड्किएझै अड्किएको छ । घडीको टिक-टक रोकिएको छ । मानबसजिबहरु मुर्ती बनेका छन,हाम्लाई हेर्ने चर्म चछुहरु अन्धा बनेका छन । अनी सर्बत्र कन्क्रिटको बगैचाबिचमा रसलीला हाम्रो हुँदैछ । हिर-राँझा वा रोमिओ-जुलिएटको कथा फिका बनाउदै यस् समयकालमा पुरै ब्रह्मान्ड अवाक दर्शक बनिरहेको छ । ठोक्का गरेर भन्छु कुनै लभ स्टोरि मुभीमा यो सिन ट्रेलरमा राखुन कसैले, फिलिम सुपर डुपर हुन्छ । त्यो भावाबेग यती शक्तिशाली थियोकि शब्दमा बर्णन गरेर सकिन्न । 

दुई आँखा चार भईरहेका थिए, नाथे बत्तिको परीबन्धले अब हाम्लाई रोक्न सक्ने थिएन । अघीका ब्रह्मान्ड लगायतका किस्सा साचै भएका थिएनन, ति सब मेरा मन भित्र भएका थिए । बाहिरी विश्व उस्तै चलायमान थिए जस्तो केही क्षण अघी थिए । ट्राफिक सिग्नल रेडबाट ग्रिन भईसकेको थियो । ट्राफिक दाइको वार्निङ व्हिसल बजिसकेको थियो । हुइकदै गरेको नेपाल यातायातको गाडीले अगाडि आएर कानको जाली फुट्ने गरी हरन ठोक्दा समेत्म ‘हल न चल’ थिए । उनी हच्किएर फेरी निउरीइन र नोट्कपी टिपेर उठिन । म होस्मा आउनु अघी नै उनी बाटो पारी पुगिन, जाम हटाउन ट्राफिक दाईनै आएर मलाई पन्छाउनु पर्‍यो ।  फोटोकपी, ट्युसन अक्रम बक्रम सब दिमागबाट फर्म्याट नै भैसकेका थिए । म आफ्नु करीयरलाई बाटो वारी नै छोडेर उन्कोपछी दौडिए । यस्पाली म रातो बत्ती कुरेर बस्न सक्दिन थिए ।  एउटा अमर प्रेम कथाका खातिर बिस तिस वटा सवारी साधनहरु बिस तिस सेकन्ड रोकिन सक्छन ।

सम्बन्ध, प्रेम अनी विवाह यसरी पनि हुन सक्छ । पुर्पुरो ठोक्काउन पुतलिसडकको जेब्रा क्रसिङमा जानु पर्छ भन्ने छैन, बनेस्वरको क्रसिङमा हुन सक्छ, वा भाग्य छ भने अर्को टाउको घरमै आएर तपाईंको पुर्पुरोमा ठोक्किन सक्छ ।


©Adhikary Rabindra 2016

Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।