Skip to main content

साइबर साली

दुनियाँ अब गुमनाम भो । लाग्छ ममा अब यस्तो शक्ति प्रादुर्भव होस् कि म बेग्लै अर्को संसार रच्न सकु जहाँ म हुनेछु अनि चारैतर्फ खुशीका अनन्त छालहरू । युरुपेली भूमि लिस्बन नामक कङ्क्रिट्को जङलमा आएयता महिनौसम्म मेरो अगाडि एउटै नाम नाच्न थालेको थियो- अश्लेषा । त्यही नाममा मस्तिशष्कले हजारौपटक उनको सुन्दर तस्वीर रच्न भ्याएको थियो । कुनै तस्वीरमा उनको नाक अलि थेप्चो कुनैको ओठ पातला, कुनैमा दाँया गालामा कोठी, कुनैको आँखा खैरा, कुनैको लामा बाक्ला कपाल त कुनैको छोटो । अनि अरु यस्तै यस्तै गहुँगोरी, काली ।
छायालिस दिन अघिदेखिको सुरुवाती कथा:- जुग एस्तो थियो जब पर्सनल कम्प्युटर र सेल्फोन दूरको कुरा थियो ।
याहू पब्लिक च्याट रुममा पसेर लग इन गर्द दाँयापटी अश्लेषा अनलाइन देखेपछि मनले मानेन । शब्दको झटारो हाने- hey, can I Join? स्क्रिन्मा कुनै केटीको युजर्नेम, अनुमान गर्नुस् त्यस्तो युनिक र सालीन नाम्को इन्बोक्सको इन्कमिङ मेसेज कति होलान । NO REPLY । नौलो भएन । आशा बटुलेर फेरि अर्को झटारो- BG? or वाना स्किप अन्नन पिपल? झ्याउ लागेर window minimize गरेर अरु काममा बेस्त भए । लामो समयपछि नोटिस गरे रिप्लाई आएछ । लेखिएको थियो- हाइ ।
मैले लेखे- हाइ, ग्ल्याड द्याट यू रिप्लाई ।
ASL plz?
30-M-Ptlsdk, yours?
24/F/Pkr
M ‘bout to go abroad, right now in leisure, what u doin’?
Completed bachelors, now working in a private firm, comin’ KTM within a month for masters. Single or married?
हो त्यसरी सुरुवात भो कुराकानी र क्रमश लम्बिदै, तन्किदै, गहिरिदै गयो । घण्टा बित्यो, घन्टौ बित्यो, पत्तो भएन । पुतलीसडकको रङ्बिरङ्को झिलिमिली अन्धकारमा लीन भयो । बत्ती जादा साँढे आठ भइसकेको थियो । झन्डै तीन घण्टा लामो अमुक बार्ता बिछेद भयो । पेट्मा मुसो दौडिरहेको थियो, छेउकै मम पसलभित्र खुसुक्क पसे । ताता ममका डल्ला दब्दबे झोलमा डुबाएर हसुर्दा आजसम्म त्यस्तो मज्जा भएको छैन ।
पछि सम्झेँ सम्भावित त्यत्रा धेरै व्यक्तिहरूमध्ये उन्ले किन मलाइनै छनेर रिप्लाई गरिन? उन्ले जस्लाई पठाए पनि एउटालाई पठाउनै पर्ने थियो र अर्को कुनै पठ्ठोलाई पठाएको भए फेरि उस्ले पनि मैले जस्तै सोच्ने थियो । ह्या एस्लाई किन ठुलो इसु बनाउनु, खैर आखिर च्याट भनेको त जस्ट टाईम पास न हो । यस्मा सिरिअस चिज केही हुँदैन । कतिपयले त स्क्रिन नेम्नै बदलेर आफू बिपरित लिङी हुँ भनेर इम्पोस्टर गर्छन् र समयलाई 'मज्जा'सँग सटही गर्छन् । मलाई के थाहा कुनै रामे, च्यन्टे, भुन्टे अश्लेषा भनेर आएको पो थियो कि? अथवा मभन्दा पल्लो कम्प्युटरमा बसेर मुस्कुराउने दाह्रे केटी पनि अश्लेषा हुन सक्छे वा मेरो चन्चले भतिज । दोस्रोपटक जब उनीसँग नेट्मै भेट भयो तब तेस्रोपटकदेखी साइबर धाउने अनौठो मोह नसा बनेर आइ लाग्यो । चौथो, पाचौ, छैठौ र त्यसपछिका अनगिन्ती च्याट । उनी आत्मीय लागिन, उन्का कुरा वास्तविक झै लाग्यो र विचार राम्रो ।
तेस्दिन उनी पहिलै साइन आउट भाइसकेकी थिइन तर केही मेसेज भने तेतिकै थिए । थाहा पाए भोलि उनी काठमाडौं खाल्टो आउँदै छिन् । मेरो बिदेशिने दिन मात्र एक हप्ता पर थियो तसर्थ म ज्यादै बेस्त झै देखिन्थे । मुख्यतया भेट्घाट र पूर्वतयारी तेस्माथि चारवर्षको बालक छोरोलाई उनको काख्मा छोडेर जादै थिए । के सोच्नु भको? कथामा ट्विष्ट् रहेछ भनेर? हैन टाइटल हेर्नुस् श्रीमती नभै साली हुँदैन र पक्कै अब कथाले बोरिङ्ग मोड लिनेछ भनेर सङ्का नगरनुस् । Back to the story: उनी यानिकी मेरी श्रीमती सविनालाई सम्झाउनु पनि मेरो लागि ठुलै चुनौती हुने गर्दथ्यो। म गएपछि एक्लै नहुने उपाय उनी आफैले खोजेकी थिइन उन्की बहिनी जुनालाई माइतबाट बोलाउने । उनको निर्णयनै मेरो मन्जुरी थियो । मैले टाउको हल्लाए, बहिनीलाई ऊ वरिपरि पाउदा निकै खुशी देखिन्थी ।
भोलिपल्ट ठमेलको एउटा साइबरभित्र छिरे। उन्ले भनेको समयभन्दा आधा घण्टा अगाडिनै साइन इन गरे । सुरेश अनलाइन रहेछ, दश मिनेट कुरा भयो र ऊ अफ् भयो । साइड्मा मोजिल्ला खोली म अन्य काममा लागे । एक घण्टा भइसक्दा पनि उस्को अत्तो पत्तो देखिएन । मैले भोलि एघार बजेको समय लेखेर पठाएँ । र मेरो जाने दिन आइसकेकोले जसरी भएनि अनलाइन हुनु भनेर लेखे र लुरुक्क सुरेन्दरको पानपसलतिर लागे ।
दोबाटोबिहीन गोरेटोमा हिंडेझै मैले एक रत्ती पनि दोस्रो दृष्‍टिकोणबाट यो सोचिन कि म जे गर्दै छु के यो सही नै छ त? त्यो ल्याटेण्ट भिरिलिटी हो कि प्रोमिस्किटी घरमा उमेरकी मस्त श्रीमती हुँदाहुँदै किन मलाई व्यर्थमा साइबरमा फ्लर्ट गर्नु पर्थ्यो र ! अर्को सान्त्वना- हुन त नचाहदा नचाहदै यो सब भएको हो । अनि आखिर के नै बिग्रेको छर? यति सब त भयो अब जाने बेलामा च्याट्की अप्सरा अश्लेषालाई पनि एकपटक देखेर जाऊछ किनकि यो कुर सम्भव बनाउन ऊ पनि भरखर काठमाडौं आएकी थिई ।
फाइनल्ली भोलिपल्ट एघारबजे एलेक्ट्रोनिक तरङमा बात्चीत् अक्षरमै आदान्प्रदान भयो । भेट्ने कुरा तय भयो । तीन बजे धरहरा बेकरी क्याफे । उनी निलो कुर्ता म त खैरो टी शर्ट्मा आउने फिक्स भयो; हाम्रो पहिलो भेट यसरी तय भयो ।
म टेबलमा घोरिएर बसेको थिए । पछाडिबाट पिठ्युमा कसैले प्याट्ट हान्यो । म तेतै फर्किए । निलो पहिरन देख्नासाथ त्यो अश्लेषा नै थिई भन्ने कुरा खुट्ट्याउन मलाई गाह्रो परेन । तर ठिक तेतिखेर नै मलाई आँखा तिर्मिराएर रिङ्गटा लग्न थाल्यो जब मैले साइड्मा उभेकी अर्की युवती देखे ।
जुनाले भनी, "भिनाजु, तपाईं?" वायुमन्डल स्तब्ध, सब अवाक । उस्ले उस्लाई केके भनेकी थिई मैले के जानु? उनीहरू महेन्द्र मोरङ्मा पड्दा ब्याजी मिल्ने साथी रहेछन । मानौ मानसपटलमा यस्तो भयो कि अश्लेषा हुरी सरह आइ अनि तुफान् सरह फर्की । अप्रस्फुटित सरमले मेरो कान्को लोती जरुर रगत तप्प खस्ला जस्तो देखिएको हुनु पर्छ । । म फेरि झसँग भए-हेत्तेरी यो संसार किन यति सानो? एकजनासँग कुनै तरहले भेट्दा आफैमा सँगै अर्को धागो बेरिएर आउनै पर्ने?

बेलुका खाना खाने बेलामा बातैबातमा जुनाले जब अश्लेषाप्रति इङित गर्दै भनी भिनाजुको 'साइबर साली' भनेर; झन्डै मेरो भात सर्केको । सालीकी साथी साइबर मार्फत भेट भएको- आखिर योभन्दा राम्रो नाता उनको मेरो केनै हुन सक्थ्यो र? निज साइबर सालीसँग अहिले पनि मेरो घन्टौ कुरा हुन्छ । अहिले पनि अर्को ट्याबमा म उन्कै मेसेज हेर्दै छु ।

This story was published at http://www.majheri.com/node/17813 on 3rd April 2016

Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?