Skip to main content

डाक्टर केसीप्रति आभार, सबै नेपालीलाई बधाई !!


Also published in Lightnepal



 एक अाम नेपाली हुँ  मैले डाक्टर् गोबिन्द केसी लाई चिनेको छैन  मैले उन्लाई नचिने के भो? उन्ले मेरो भबिस्यमा हुन सक्ने स्वास्थ्य समस्याको निरुपणउपचार्  ब्यबस्थापनलाई प्रमाणमुखीबैज्ञानिक  प्रभावकारी बनाउन मेरा लागि भनेर मृत्यु सैयामा पन्ध्र दिन सम्म निराहार सुते । मेरो ब्यक्तिगत युद्द उन्ले मलाई चिन्दै नचिनी लडिदिए । तसर्थ मेरो मागलाई मैले थाहा पाउनु अगाडिनै भोक हड्ताल गरेर नौलो तरङग श्रीजना गर्नु हुने मेरो अभिभावकलाई मैले धन्यवाद  नदिए कस्ले दिन्छ?

मुगू  जाजरकोटको कुरै छाडौ राजधानी नजिकै बस्ने सर्वसाधारण हुँ  नजिकै दस वटा भन्दा बढी हस्पिटल छन्तर मलाई रुघा मात्र लाग्दा पनि  कुनै अस्पताल् जान डराउने अवस्था अहिल्यै अाइसक्यो  किनभने मलाई त्यहाँ त्यो अस्पतालमा भए भरको नापजाँच् गराउछ  एभिडेन्स बेस्ड प्राक्टिसमा यथोचित जाँच गराइन्छ  रोगको निदान गरिन्छ नकी अस्पतालमा उपलब्ध जती सबै सबै जाँच पड्ताल  अनी सबैलाई जस्तो मलाई पनि जाच्ने डाक्टर के कस्तोराम्रो नराम्रो कुन कलेज बाट पास गरेको हो जान्न मन लाग्छ तर प्रतक्ष सोद्न सकिदैनमिल्दैन पनि  अब पनि अझै मेडिकल माफिया  ब्यापारिहरुलाइ निर्धक्क मेडिकल कलेज् खोल्नबिरामी  पुर्वाधार नपुर्याइ सोही कोटा सङ्ख्या निरन्तरता दिन वा बढाउन  शहर केन्द्रित कलेज स्थापना गर्न दिइरहेको भए   यती कुरा ग्यारेन्टि थियोहाम्रा सन्तति हरुले एलोपेथी प्रतिको अविश्वास  चरम आर्थिक असुलीले गर्दा बरु धामी झाँक्री  बैध्यको उपचार् तिर लाग्न वाध्य हुने थिए   उपचार् पद्दतिमा आएको सुधार  प्रविधिलाई बेवास्ता गरेर उही ढुङगे युग गमनको बाध्यताबाट उनिहरुलाई उन्मुक्ती दिन डाक्टर केसीले गरेको तपस्यालाई सह्राना गर्नै पर्छ । भएका शिक्षण अस्पताल् नै राम्रो सँग नचलिरहेको परिप्रेक्षमा अब दस बर्ष सम्म काठमाडौंले अर्को मेडिकल कलेज झेल्नु पर्ने छैन, त्यस्का लागि पनि केसी प्रति आभार । 

"हो कसैले पनि एउटा नाडी समेत् नछामीवा एक पटक समेत् स्टेथेस्कोपको प्रयोग वास्तविक बिरामीमा नगरि सर्टिफिकेट लिएर आएको डाक्टर सँग जीवन नै दाउमा राखी उपचार् गराउन वाध्य हुनु नपरोस  "

केसीको माग सम्बोधन नभएको भए तिनै तप्काका जनता मारमा परीरहने  थिए : सन्तानलाई योग्य चिकित्सक बनाउन लालायित बाबुआमा जो पाइला पाइलामा कलेज् प्रशासनबाट चर्को पैसा असुलिको चपेटामा परेका छन् , भारी मुल्य तिर्दा तिर्दै पनि गुणस्तरहिन मेडिकल शिक्षा पाउने युवायुवती जस्ले आफ्नो योवनकालको महत्वपूर्ण हिस्सा मानसिक तनाबमै बिताउनु परेको हुन्छअनी स्वभावतआफ्नो लगानी उठाउन बेचैन् तिनै सिमित सिप भएका डाक्टरबाट उपचारको आशा राख्ने बिरामी   अब सातै प्रदेशमा अस्पताल् निर्माणको सोचले जनतालाई सानो जाच  बिशेषज्ञ सेवाका लागि मुख्य शहरहरुमा धाइ रहनु नपर्ने अवस्थाको पारीकल्पना गर्न सकिन्छ जस्ले उनिहरुको दु:खर्च आदी सबै कम गर्ने        
केसी असफल भएको भए धनीमानिहरुले दिल्लीब्यङ्ककलण्डन वा न्यु वर्कमा गै उपचार् गरिनै रहने थिए तर मानबिय एक अंुल्य चोलामा गरीबको जिन्दगी पनि त्यतिकै महत्वको हुन्छ हैन ?
        
स्वास्थ्य क्षेत्रमा देखिएको तमाम बेथिती र पोलिसी करप्सनलाई उदाङो पार्न र त्यस्मा आवश्यक सुधार सहित्को बिकल्प दिदै डाक्टर गोबिन्द केसी पटक पटक गरी अहिले आठौ पटक अमरण अन्सन सफल भएको छ । हुन त सुरु देखी अहिलेसम्म केही कुरा सुधारिएता पनि धेरै धेरै कुरा बाँकी छन् । समानान्तर सरकारको रुपमा अहिले छाएको अख्तियार जस्ले मेडिकल सुशासनलाई प्रदुशित बनाएको छ, हो त्यस्लाई समेत् नियमन गरी आवश्यक ठहरे सजायको दाहेरामा लेराउन जनप्रतिनिधीले भरिपूर्ण संसद नै चाहिने रहेछ । उन्को अन्सनको पन्ध्रौ दिन सरकारी बार्ताटोलिका संयोजक स्वास्थ्य सचिब डाक्टर सेनेन्द्रराज उप्रेती र उनिबिच बिबिध सहमतिमा हस्ताक्षर भै अन्सन तोडिएको छ । पन्ध्र पन्ध्र दिन सम्म गहन बिषयपरिवेश नहुँदा लाग्थ्यो सिघ्र माग सुनुवाई हुन पाटिकै झन्डा उठाउनु पर्ने थियो की अथवा कतै उपल्लो एलिट तहबाट दबाब र पैसा पो चाङ् लाग्या थियो कि? यो शंका गर्ने बातावरणको श्रीजना सांसदहरु स्वयमले श्रीजना गरेका हुन । कसैले केसिका राजनैतीक मुद्दामा नजाने भने कसैले कानमा तेल हाले, कुरा उस्तै उस्तै हो ।   



"दलिय स्वार्थ भन्दा कदाचित माथि मुन्टो उठाउन नसक्ने तमाम नेताहरुलाई चुनौती: अब आएन्दा यस्ता सम्बेदनशिल बिषयहरुमा समय मै ध्यान आकर्षित गर्नु होला नत्र तपाईंहरुको मौनता र ढिलासुस्तीले तपाईंहरुकै राजनीतिक भबिस्य श्मसान तिर लम्कि रहने छ ।"

संसदमा खुट्टा तानातान गर्दाकुर्सीका लागि हानाहान गर्दा उता एक निस्वार्थ चिकित्सक दुई साता सम्म मरणासन्न सुतिरहेको थियो  गर्ने ध्यय भए जमानामा कुनै दलले वा तिन्का नेताले यी मुद्दा उठाउथ्योबुढो हड्डिले बारम्बार किन अमरण अन्सन बस्नु पर्थ्यो बन्दचक्काजाम  गुरिल्ला युद्द छेडेर शक्तीकेन्द्रमा आएका महोदयहरुले सत्याग्रहको महत्वलाई धेरै ढिला मात्र बुझ्नु भयो । तर खैर, राम्रो पक्ष आखिर बुझ्नु त भयो । दलिय स्वार्थ भन्दा कदाचित माथि मुन्टो उठाउन नसक्ने तमाम नेताहरुलाई चुनौतीअब आएन्दा यस्ता सम्बेदनशिल बिषयहरुमा समय मै ध्यान आकर्षित गर्नु होला नत्र तपाईंहरुको मौनता  ढिलासुस्तीले तपाईंहरुकै राजनीतिक भबिस्य श्मसान तिर लम्कि रहने   

त्यस्तो आदर्श ब्यक्ती जो जाजारकोटमा जनता हैजाले मरिरहेका बेलामा राजधानीको सुबिधालाई लत्याइ आफ्नै ज्यान धरापमा राखी खाइ नखाइ उपचार् गर्न जान्छप्राकृतिक प्रकोपका शिकार बनेका बर्मेलीहरुलाई सेवा गर्न प्रशासनिक् उल्झन नहोस् भनि भेस परिवर्तन गरेर म्यान्मार छिर्छजस्को पहिलो धर्म सदैब बिरामीको सेवा नै रहयोअनि विद्यार्थीको गुणस्तरीय शिक्षा नै रहयोहो त्यस्तो आदर्श ब्यक्ती अहिले हामीले शान्तिपूर्ण सत्याग्रहको लिडरको रुपमा पाउनु हाम्रो अहोभाग्य हो, जस्ले अन्त्यमा परिणाम् दिएरै छाड्यो । सिमित मुद्दाहरुबाट उठेको यो आन्दोलन अाठौ चरणमा अाइपुग्दा सन्स्क्रिती  कुरिती बिचको लडाईं बन्योबेथिती  सुशासन बिचको लडाईं बन्यो  वास्तवमै भन्नु पर्दा यो न्याय  लोकतन्त्रलाई बलियो बनाउने सत्याग्रह थियोजस्ले यस्को बिरोध गरिरहेका छन् तिनिहरुकै पनि हितको लागि  थियो 

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।