Skip to main content

ब्रेक्जिटको गरमागर्मी बहस : बेलायतको अबको बाटो

यो लेख Pahilopost बिचार पृष्‍ठमा मिति:24th June 2016 | १० असार २०७३ | मा प्रकाशित् थियो ।


ब्रेक्जिट भन्ने शब्द २०१२ को सुरुवाती समय तिर आयता पनि यस्को गरमागर्मी बहस भने यु के को गत बर्षको चुनावी अभियानमा बढी आयो । ब्रेक्जिट दुई शब्दहरु ब्रिटेन र एक्जिट को समास द्वारा बनेको एकल शब्द हो जस्ले युरोपियन युनियन (EU) बाट बेलायतको काल्पनिक वा सम्भाबित बहिर्गमनलाई दर्शाउछ ।

इ यु को प्रारम्भिक सोच दोस्रो विश्व युद्दको बिभत्स आर्थिक्-सामाजिक अवस्थाबाट युरोपलाई उन्मुक्ती दिन युद्द अन्त्यको करीब पाच् बर्ष पछि अर्थात सन १९५० मा फ्रान्स र जर्मनीको संयुक्त प्रयासमा भयो जस्मा एक अर्का देश माथि कहिल्यै युद्द नगर्ने र अन्य परस्पर ब्यापारिक रणनितीका योजनाहरु थिए । तस्को केही बर्ष पछि अन्य चार देशहरु बेल्जियम, इटली, लग्जेम्बर्ग र नेदर्ल्यान्ड्स समेत् मिलेर युरोपियन आर्थिक समुदाय गठन भयो र १९७३ को ब्रिहद पुनरसम्रचनाको क्रममा यु के पनि यस्मा समाबिस्ट भयो । हाल इ यु को सदस्य राष्ट्र हरुको संख्या २८ छ ।  

प्रधानमन्त्रि डेविड् क्यामरुन स्वयम आफु ब्रेक्जिटको बिपक्षमा भयतापनी उन्ले गत बर्षको चुनाबि अन्य आश्वासन मध्य यो पनि भन्दै हिंडेका थिए । सत्तरीको दशकमा ब्रिटेन इयु मा मिल्नु समयको माग थियो र समयसंगै परिस्थिती पनि परिवर्तन भईरहेको अवस्थामा बेलायति नागरिक हरुको बिभाजित मनोव्रितिलाई निछोड दिनु र बेलाबेलामा उठ्दै आएको यो बहसको पुनरावलोकन गर्ने मौका दिनु प्रधानमन्त्रिको अभिप्राय बुझिन्छ । बिटेन, उत्तरी आयर्ल्यान्ड तथा यु के मै बस्दै आएका करीब ५० कमनवेल्थ देशहरुका आठर बर्ष भन्दा माथिका नागरिकले जुन २३ का दिन ब्रिटेन इयुमा रहने कि छोड्ने दुई बिकल्प बिच जनमत सङ्रहको भोट् हाल्दै छन । फ्रान्स, जर्मनी लगायतका प्राय सबै यूरोपियन मुलुकहरु लगायत अमेरिकि राष्ट्रपती ब्याराक ओबामा पनि ब्रेक्जिटको बिपक्षमा देखिन्छन । अन्य यूरोपियन मुलुकहरुलाई ब्रिटेन अफुसङै युनियनमा रहिराखेमा ब्यापार तथा अन्तर- देशिय मानबिय सम्साधन बाँड्फाड् मा सहयोग हुन्छ भन्ने आश छ भने ब्रिटेन स्वयमलाई बारम्बार अरु देश हरुलाई समेत् पछि फर्केर हेरिरहनु पर्ने भएकाले यस् बाट बाहिरिदा नै अर्थिक छलाङ मार्न सकिन्छ भन्ने बिचार हुन सक्नु स्वभाविक पनि हो । रसियन राष्ट्रप्रमुख भ्लादिमिर पुटिन भने उनिसँग ब्रेक्जिटको बारेमा स्पस्ट धारणा भएता पनि मिडिया को अगाडि अहिल्यै केही नबोल्ने उन्ले केही साता अगाडि बताएका थिए । सेन्त पिटस्बर्गको एक भेलामा उन्ले क्यामरुन प्रती सामान्य असन्तुस्टी पोखेका थिए, "यदी स्वयम उनी ब्रेक्जिटको बिरुद्धमा छन भने किन जनमतमा गैरहेका छन?" यूरोपबाट यु के बाहिरिनु पस्चिमा मुलुकको  सम्भाब्य शक्ती प्रिथकिकरणको सुरुवात हो र यस्मा जरुर पुटिन खुशी नै हुनु पर्ने आँकलन् गरिएको छ किनकी यस्ले रसियाको प्रभुत्व अझ यूरोपमा बढ्न सक्छ ।    

यु के इन्डेपेन्डेन्स पार्टी तथा आधा आधी कन्जर्भेटिव पार्टिका नेताहरु ब्रेक्जिटको पक्षमा वकालत गरिरहन्छन । ब्रेक्जिटको सफलतासंगै वरीपरीको आफ्नो नाका कडा गरी अबैधानिक आगन्तुकलाई रोक्थाम गर्न थप सहयोग पुग्ने छ भन्ने उनिहरुको तर्क छ ।

इयुले चारवटा संस्थागत ढांचामा आफ्नो कार्य गर्दछ: युरोपियन आयोग, युरोपियन सम्सद, युरोपियन परिषद र न्यायिक अदालत । २०१५ को बजेट हेर्ने हो भने यु के तेस्रो ठुलो राष्ट्र हो जस्ले सबैभन्दा बढी रकम इयुलाई दिएको थियो जुन कुल बजेटको १२.५७ प्रतिशत थियो । प्रथम जर्मनी अनि  द्वितिय फ्रान्स थियो ।

क्रमिक ग्लोबलाइजेसनको यो युगमाजतिखेर महादेशहरु झन नजिक नजिक हुँदै गैरहेका परीपेक्षमाबेलायतिहरुले आफुलाई यूरोप छोड्न रुचाउने अभिमतको पक्षमा उठाउनु हुँदैन । एक औसत ब्रिटन को खर्च गर्ने क्षमतामा कमी आउने छ यदी ब्रिटेन बाहिरियो भने । पाउन्ड को मुल्यमा ह्रास आउन सक्ने खतरा एकातिर छ । इयुतन्त्रले गर्दा एक ब्रिटोन को बर्ष मा ४५० पाउन्ड जोगिन्छ भन्ने तथ्याङ्क भर्खरै सार्वजनिक भएका छन । यसरी ब्रेक्जिटको सफलताले बेलायतइहरुलाई कम् खर्च गर्ने पर्यटक को कित्तामा उभ्याउन सक्छ । उदाहरणको लागि स्पेनको कुल पर्यतकिय आम्दानी मध्य एक तिहाइ आय बेलायतिहरु बाट उठेको थियो । त्यसैले स्पेनजस्ता मुलुक यस्ता स्वार्थले पनि युके लाई इयुमै देखिरहन चाहन्छन ।

केही समय अघी ट्यम्पुन ट्याक्समा ल्याको इयुको नियमले प्रताडित बनेका कतिपय बेलायति नागरिक हरुले इयुको क्षेत्राधिकार बढी भएकाले साधारण भन्दा साधारण कुरामा यहाँका नागरिक हरुले इयुको हस्तक्षेप सहनु परेको निश्कर्स निकालेका थिए  तेती खेर पनि ब्रेक्जिटको टपिक् उठेको थियो  तर इयुले सबै कन्जुमर्स प्रोडक्ट्मा आफ्नो नियमानुसार स्तरिकरण गर्ने भएकाले सबै इयु बासिहरुले समान किसिमका बस्तु उपभोग गर्न पाउछनयो राम्रो कुरा हो  

हुनत यु के आज पनि इयुमा रहदा समेत् कती हद सम्म छुट्टै जस्तो देखिन्छ  कुनै एउटा युरोपेली महाद्दिपमा पर्ने देश घुम्न गयो भने सबै मुलुक तपाईं घुम्न सक्नु हुन्छ तर यु के छिर्न तपाईंलाई त्यस्ले दिदैन  हुनत त्यस्लाई सेन्झेन भिसा भन्छनजस्मा २६ युरोपेली देश हरु छन  सबै देश घुमिरहदा यु के ( ब्रिटेनवेल्सउत्तरी आयर्ल्यन्ड,स्कोट्ल्यन्डचाँही छिर्न नपाउने भिजाले सङ्केत गर्छ ति देश हरु अरु भन्दा फरक रहेछन  बिभिन्न १९ यूरोपियन देश हरुले युरोलाई आधिकारिक् मुद्राको रुपमा प्रयोग गर्न थालिसकेका छन् तर अधोपान्त ब्रेटेन भित्र पाउन्ड नै हावी पाउन्ड नै चल्छ  साथै गत बर्ष मध्यपुर्वी देशहरुको शरणार्थि समस्या हल उपर बेलायतको चासो अपेक्षा गरिए बमोजिम भएनयस्ले विश्वभरबाट चौतर्फी आलोचना खेप्नु पर्यो  धेरै मुलुक हरुले शरणआर्थी हरुलाई आफ्नो देशमा सेटल गराउन पहल गरेजस्मा जर्मन चान्सेलर अन्जेला मर्केलको भूमिका सह्रानिय रहेको थियो    

यु के बाहिरिदा उस्ले वार्षिक इयुको बजेट्मा योगदान गर्नु पर्ने रकम  तिर्नु नपर्ला तर यसै पनि उपभोक्ता बजार लाई सहजिकरण् गर्न यूरोप का अन्य देश हरुको बजारमा आफ्नो पहुच बढाउन  आफ्नो बजारको उपभोग्य बस्तु बिक्रीका लागि अन्यत्र लैजान इयु लाई रकम  तिर्नै पर्ने हुन्छ  आफ्नो फाईदाको काममा एक्लिदा केही मुल्य  चुकाउनु पर्ने नै हुन्छ    युकेका धेरै विश्वबिद्यालयहरुले वार्षिक रुपमा दशौ लाख डलर अनुसन्धान  शिक्षाकोलागि सहयोग पाउछन  अनि धेरै प्रभावशाली अनुसन्धानकर्ता  नवजवान बैज्ञानिकहरु इयु ग्र्यन्ट पाएर युकेका विश्वाबिद्यालयमा जान्छन  गुणस्तरीय अनुसन्धान गर्दछन  इयुले युकेका नागरिकअलाई दिने इरास्मस छत्रव्रितीले धेरैलाई विश्वको कुना कुना गएर अध्ययन गर्ने मौका दिएको    

सर्बबिदितै  अहिले एक्लै गरिने कुरा समुहमा गरियो भने धेरै प्रतिफल लिन सकिन्छ  एबम रितले यदी युके इयुमै रही रह्यो भने यस्ले संसारका धेरै ठुला निर्णयकारी भूमिकामा महत्वपूर्ण स्थान पाउन सक्छ  हुनत नेटो  संयुक्त राष्ट्र सङघको सुरक्षा परिषदमा पनि सदस्य रहेको मुलुक लाई अरु थप कुनै भेटोको खाचो  नरहला तर इयुको सदस्यताले यूरोपसँग सरोकार राख्ने सम्पूर्ण बिषयमा युकेको सम्प्रभुता स्थापित रहिरहन्छ 

  

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।