Skip to main content

मोतिबिन्दु बारे जान्नैपर्ने केही कुरा

यो लेख स्वास्थ्य खबरपत्रिका मा मिति:२०७३ असार ६ गते ९:५९ मा प्रकाशित् थियो ।


आँखाभित्र रहेको पारदर्शी मणीभ जस्तै लेन्स क्रमशः अर्ध–पारदर्शक र अपारदर्शक हुदै गई दृष्टिमा ह्रास ल्याउने रोगलाई मोतिबिन्दु भनिन्छ । तसर्थ मोतिबिन्दु आँखाको लेन्सको रोग हो । मोतिबिन्दु कुनै एक वा दुवै आँखामा हुन सक्दछ र यो सरुवा रोग होइन । अधिकांश मोतिबिन्दु उमेर बढ्दै जाँदा देखा पर्छन् । मोतिबिन्दु भनिरहँदा लेन्स के हो पूर्व जानकारी हुनु आवश्यक छ । लेन्स मुख्यतया पानी र प्रोटिनको सिसाजस्तै प्रकाश छिर्ने आँखाको अंग हो जसले हामीले हेर्ने वस्तुहरुलाई आकृति बनाएर प्रष्ट रुपमा दृष्टिपर्दा (रेटिना) मा फोकस गर्दछ । रेटिनाबाट प्रकाशका आकृतिहरु स्नायू संकेतहरु बनेर मस्तिष्कमा जान्छ । यदि लेन्समा बादले वा धब्बा छ भने निश्चय नै रेटिनामा प्रष्ट प्रतिविम्ब बन्न सक्दैन । अतः मानिसको दृष्टि क्षमतामा ह्रास आउँछ । मोतिबिन्दु उमेरसँगै मात्र नभई अन्य आँखाका रोगहरु, विकिरण, चोटपटक तथा लामो समयसम्म (स्टेर्वायड) औषधीको प्रयोगबाट पनि उत्पन्न हुन्छन् । कुनै  जन्मजात वा कुनै मधुमेह रोगसँग पनि सम्बन्धित हुन्छन् ।

उपचारः

      कुनै कुनै मोतिबिन्दुहरुको देहाएको समयमा शल्यक्रिया गर्नुपर्ने हुन्छ जस्तैः दृष्टिगत रुपमा खतराजन्य जन्मजात मोतिबिन्दुलाई बच्चा तीनमहिना पुगेपछि अप्रेशन गरिन्छ । किनकी त्योभन्दा अघि बच्चालाई बेहोस पार्दा जोखिम बढि रहन्छ । साथै आँखाको चाप असन्तुलित रहने खतरा रहन्छ । चोटपटक बाट मोतिबिन्दु भएको छ भने अन्य समस्या आउनुअघि यथाशीघ्र अप्रेशन गरिन्छ । पूर्ण रुपले पाकेको मोतिबिन्दुको पनि यथासक्दो चाँडो अप्रेशन गर्नुपर्छ । अन्य अवस्थामा, दृष्टिमा उल्लेखिय ह्रास आई दैनिक क्रियाकलापमा बाधा नपर्दा सम्म चश्माको प्रयोग गर्ने र समय–समयमा आँखा जाँच गराइरहने गर्नुृपर्दछ । मोतिबिन्दुको मुख्य उपचार चाहिँ शल्यक्रिया नै हो।
समय सापेक्षः मोतिबिन्दुका शल्यक्रिया पद्धतिहरुमा क्रमिक सुधार हुदै आएका छन् । मुलतः आँखाको सेतो भागमा काटेर प्वाल बनाई मोतिबिन्दु युक्त लेन्सलाई निकालिन्छ । हाल फेको प्रविधिले गर्दा घाउ अत्यन्त सानो हुने भएकोले छिटो निको हुन्छ र शल्यक्रिया पश्चात् आँखाको बाहिरी नानी (कर्निया) को वर्णपटमा खासै परिवर्तन नआउने हुँदा टाढाको पावरवाला चश्मा लगाउनुपर्ने सम्भावना पनि न्यून हुन्छ ।


फेको प्रविधिः

       विशेष उपकरणले ३० देखि ६० किलो हर्जका अल्ट्रासोनिक तरंगको मदत बाट मोतिबिन्दुयुक्त लेन्सलाई टुक्रा पारी तीन मी. मी (मिलिमिटर) वा सोभन्दा सानो भन्दा सानो घाउ बाट निकालिन्छ ।
ड्ड हस्पिटलमा भर्ना गर्न जरुरी छैन– आउने, अप्रेशन गर्ने र जाने ।
ड्ड कर्नियामा घाउ बनाउने भएकोले अपरेशनमा रगत आउँदैन ।
ड्ड सामान्य क्रियाकलापमा चाडैँ फर्किन सकिन्छ ।
ड्ड टाकाको प्रयोग हुदैन, त्यसैले बिजाउने समस्या कम हुन्छ ।
ड्ड केही दिनमै पूर्ण दृष्टि प्राप्त गर्न सकिन्छ ।
ड्ड दुई हप्तामै चश्मा जाँचेर लगाउन सकिन्छ ।
ड्ड अझ आँखामा पट्टीको पनि जरुरत नरहने ।
ड्ड लठ्याउने सुईबिना नै गर्न सकिन्छ ।
ड्ड अरु अप्रेशन पद्घतिहरु भन्दा यो पद्घतिको अप्रेशन अवधि छोटो हुन्छ (शल्यक्रिया चाँडै सकिन्छ) ।
ड्ड सुरुवातका अवस्थाका मोतिबिन्दुहरु अरुभन्दा फेकोबाट प्रभावकारी रुपमा निकाल्न सकिन्छ ।
संबेदनशीलता कम गर्ने थोपा भने प्रयोग गर्नुपछ । सुईबाट हुने त्रास र अप्रेशन पछिको दुखाई पनि कम हुने भएकोले यसको विश्वसनीयता र प्रभावकारिता बढ्दै गएको छ । फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया यस अस्पतालमा पनि सुरु भइसकेको छ ।


मोतिबिन्दुका लक्षणहरुः


ड्ड दृष्टि धमिलो भएर जाने ।
ड्ड उज्यालोमा हेर्दा गाह्र्रो हुने वा तिरमिराउने ।
ड्ड अँध्यारोमा झन कम देख्ने त्यसैले सवारी चलाउन बाधा आउने ।
ड्ड चश्माको पावरमा परिवर्तन आइरहने ।
ड्ड रंगहरु फरक देखिन थाल्ने आदि ।



अप्रेशन सम्बन्धी भ्रमहरुः


ड्ड गर्मीमा घाउ पाक्ने सम्भावना बढी हुने भन्दै कोही मानिसहरु जाडो मौसम कुरेर बस्छन् । समय भएको छ भने स्वास्थ्यकर्मीको परामर्श बमोजिम अप्रेशन गर्नुपर्छ । जाडो वा गर्मी कुनै मौसमले केही फरक पार्दैन जबसम्म चिकित्सकका सल्लाहहरु राम्रोसँग पालना गरिन्छ ।
ड्ड कसैले भन्छन्, आँखाको डल्लो बाहिरै निकालेर अप्रेशन गर्ने हो यो सब गलत हो ।
ड्ड मोतिबिन्दुको शल्यक्रिया पश्चात् आँखामा अन्य रोगहरु छैन भने केही अवस्थामा चश्मा सहित राम्रो देख्न सकिन्छ । मोतिबिन्दुबाट आँखा नदेख्नु पूर्व जूनीको पाप होइन, यो रोग हो जसको उपचार सम्भव छ ।
ड्ड फरक आँखाका शल्यक्रिया फरक प्रविधिबाट गर्न सकिन्छ । जस्तो एउटा क्क्ष्ऋक् प्रविधिबाट गरेको छ भने अर्को फेको बाट गर्न नसकिने होइन ।

Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।