Skip to main content

कविता : डियर तलब ‘आइ लभ यू’

[ यो कबिता Onlinekhabar र Ratopati मा २०७३ जेठ २३ गते १०:१६ मा प्रकाशित  थियो ]

के के बढ्यो के के कुन्नी तलब कहिलै बढ्या हैन्
पाँचरुप्पेको गोल्भेडा नि तीस घटी पाउनु छैन

मासु को त कुरै छाडौं नुन्तेल किन्नै गाह्रो भाथ्यो
फलफुल र गेडागुडि एक छाक खान साह्रो भाथ्यो ।

उध्रिएको लुगा धरी रफु गरी टालेको थे
पढाउन छोराछोरी सरकारीमा हालेको थे ।

महङी चाँही नरोकिने हेर्दाहेर्दै आकाश छुने
आँट थेन कपडा किनेको पानीले धुने ।

जुत्ता फेर्न तलुवामा भ्वाङ ठुलै पर्नै पर्थ्यो
भाडा लिन घरबेटिले हप्की दप्की गर्नै पर्थ्यो ।

भुकम्प र नाकाबन्दी आलो पालो गर्दै आए
अभावले निधारमा मुजाहरु भर्दै ल्याए ।

बुध्दी पुर्याइ जसोतसो एउटा जागिर खाएको थे
पैसा खुवाइ जागिर हान्न आसामी लाएको थे ।

आज जागिर मेरो लागि लैनु भैंसी बराबर भो
चौथाइ बड्दा सोह्र हजार आँखाचिम्ली सरासर भो ।

तलब बढ्यो येसैपालि खुशी कति कुरै छाडौ
जस्को बढ्यो तलब उस्ले केक काटी सब्लाई बाडौ ।

साउन भदौ बितेपछी खसी किन्ने दशै आइगो
ग्वाम्म तलब मुठ्ठ्याउदा शान बेग्लै हुने भईगो ।

फाइनान्सको पन्ध्र लाख रीण अब तिर्ने भाछु
अफिस जादा खुट्टै दुख्यो स्कुटर नि किन्नेमा छु ।

पाटी गोस्ठी जादा खेरी एकजोर सुटपाइन्ट किन्नै पर्‍यो

दुइचार वटा कम्पनीको शेयर पनि लिनै पर्‍यो ।

Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?