Skip to main content

चश्माको स्यहार गर्ने दस तरिका

This article appeared in Swasthyakhabar on shrawan 17, 2073 BS. 


चश्मा दृष्टि दोष भएका मानिस् हरुका लागि संसार चियाउन दिने ऐना हो  चश्मा लगाउने  गरिन्छ तर यथोचित हेरचाहको अभावमा चाडै नै चश्मा बिग्रिनेकोरिनेफुट्ने हुन्छ  अनावश्यक रुपमा चश्मा कम्पनीचश्मा पसले वा हस्पिटललाई नक्कली चश्मा भिडाएको भनेर आरोप पनि लगाइने गरेको पाईन्छ  हुनत चश्माहरु सबै सक्कली नै हुन्छन भन्न खोजेको हैन तर राम्रो हेरचाह गरेमा पक्कै एउटा चश्माको कार्यकाल बढाउन सकिन्छ  यहाँ यिनै केही बिधीहरुको बारेमा चर्चा गरिन्छ 

1.       हेल्चेक्र्याइसँग चस्मा फुकाल्दा एउटा हातले एकातिरबाट मात्र फुकाल्नु हुँदैन  एस्ले चस्माको अगाडिको मुख्य भाग (फ्रेम खुट्टा (टेम्पलजोड्ने मिलनबिन्दुमा एक्तर्फी दबाब पर्ने हुनाले चाडै भांचिने वा स्प्रिङ्ग खुस्किने हुन्छ  साथै चस्मा लगाउदा पनि सधैं दुबै हातले सन्तुलित बलको प्रयोग गरी लगाउने बानी बसाल्नु पर्छ  

2.       स्टाइल पार्न पावरको चस्मा निधारमाथि वा कपालमा नराखौ  यस्ले फ्रेम खुकुलो बनाउछ  साबिकझै लगाउदा खस्ने डर हुन्छ 

3.       शिशाको लेन्स  भने साना तिना ठक्करले पनि लेन्स चर्किन सक्ने भएकोले सक्भर लगाइराख्ने  खोल्दा बिशेष जतन गर्ने गरौ 

4.       चश्मा निकालेर टेबल वा साह्रो सतहमा राख्दा लेन्स तिर हैन टेम्पलले टेबलमा छुने गरी राखौ  लेन्स तिर फर्काएर राख्दा लेन्स घोटिन्छ  लगाउदा धमिलो देखिन्छ 

5.       लामो समयसम्म चश्मा खोल्नु परेमा चश्माको खोल वा बट्टामा राख्ने गरौ 

6.       थ्री पिस चस्मा  भने समय समयमा फ्रेम खुकुलो भै रहन सक्छ तेसैले चस्मा किन्दा एस्को पेच कस्ने स्क्रियु ड्राइवर पनि संगै लिने गरौ 

7.       चश्मा सफा गर्दा चश्मा पुछ्न प्रयोग गरिने माइक्रोफाइबर रुमाल प्रयोग गरौ नत्र अन्य खस्र कपडाले पुछ्दा राम्रो सफा नहुनेवा चश्मा कोरिने हुन सक्छ 
8.       चश्मा सफा गर्न नरम साबुन वा हल्का तातो पानी प्रयोग गर्न सकिन्छ  लेन्स क्लिनर भन्ने केमिकल प्रयोग गरे झनै राम्रो 

9.   नोज प्याड सफा गर्दा नरम बुरुस प्रयोग गर्न सकिन्छ  चश्मा सफा गर्ने अल्ट्रा सोनिक तरङगको उपयोग गर्ने मेसिनले सफा गर्यो भने भौतिक बल प्रयोग नगरिकनै केही मिनेटमा सबै फोहोर चस्मा बाट छुट्टिन्छ   यस्ले चश्माको सुरुवाती चमक फर्काउछ 
10. प्राय लेन्स वा फ्रेमहरु असी डिग्री फरेन्हाइट भन्दा बढीको तापक्रमले बिग्रिने हुन्छ (आकार बिग्रिनेलुज हुनेरङ खुइलिने वा कोटिङ खुइलिने ),  तसर्थ उच्च ताप्मान वा तापक्रम तल माथि भैरहने ठाउँबाट सक्भर चश्मा लाई जोगाउ 


Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।