Skip to main content

आँखा पाक्यो? नआत्तिनुहोस्

(Published as it was at Setopati on 7th May 2016; get link : http://kinmel.setopati.com/ausadhi-upachar/35600/ )


गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ।
यसलाई अंगेजीमा conjunctivitis भनिन्छ र यो प्राय adenovirus नामक जीवाणु ले गर्दा हुन्छ। यस रोगमा आँसु बगिरहने, आँखाको सेतो भाग रातो हुने, बिहानीपख आँखा चिप्राले टाल्लिने, कहिलेकाही कान वरिपरी सुन्निने, रुघाखोकी वा ज्वरो आउने समेत हुन सक्छ। यो रोगको निदान (diagnosis) स्लीट ल्याम्प भन्ने मेसिनमा हेरेर लक्षणका आधारमा गरिन्छ। 
कसरी सर्छ ?
विशेषगरि यो आँखा पाकेको व्यक्तिको आँखाबाट निस्कने आँसु वा कचेरा फैलिएर सर्दछ। जस्तै रोगीले आँखा माड्दछ वा छुन्छ अनि साबुनपानीले हात नधोई रुमाल अन्य वस्तुहरु आदिमा छुदाँ वा समाउँदा ती वस्तुहरुमा जीवाणु पुग्छन्। पछि अरुले ती वस्तुुहरु छोएर आँखा छुँदा उनीहरुलाई यो रोग सर्दछ।
यो रोग रोगीको आँखा हेर्दैमा सर्ने होइन बरु नजिकको संसर्गद्धारा सर्दछ। हात मिलाउँदा वा स्वीमिङ पुलबाट पनि यो रोग सर्न सक्छ। प्राकृतिक प्रकोप जस्तै बाढी, पहिरो, अतिवृष्टि आदि भएको खण्डमा यसले महामारीको रुप लिन सक्छ। सुरुमा एउटा आँखामा लागे पनि यो रोग अर्काे आँखामा र  सर्तकता नअपनाए चाँडै नै परिवारका अन्य सदस्यलाई पनि सर्न सक्दछ।
कसरी बच्ने ?
पहिलो कुरा व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनुपर्छ । रोगीहरुबाट टाढै रहने र उसले प्रयोग गरेका सामानहरु नछुने, छुनै परेमा छोइसकेपछि साबुन पानीले वा स्प्रीटले हात सफा गर्ने आदि।
आँखा पाकेमा 
सर्तकता अपनाउँदा अपनाउँदै पनि यो रोग लागी हालेमा व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्छ। भीडभाडबाट टाढा रहने, स्कुल वा अफिसबाट बिदा लिएर बस्ने, चिसो पानीले आँखा सफा गरिरहने गर्नुपर्दछ। यसका प्रारम्भिक लक्षणहरु आँखा रातो हुने (पहिला एउटा अनि पछि अर्को), पोल्ने, धुलो वा बालुवा परेजस्तो बिजाउने, चिलाउने, आँखाबाट पानी बगिरहने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुने हुन्छ।
धेरै नै अप्ठेरो हुने, आँखा सुन्निने, कानभन्दा अगाडि गाँठो (preauricular lymphadenopathy) देखा पर्ने र कचेराले बिहानिपख आँखा टाल्लिने, रुघाखोकी वा ज्वरो आउने भएमा स्वास्थ्यकर्मी कहाँ जानुपर्छ। यो रोगको मुल उपचार औषधि भन्दा पनि सर्पोटीभ बढी हो। चीसो पानीले धुने वा आइसले सेक्ने, कृत्रिम आँसुको प्रयोग गर्ने, अतिरिक्त संक्रमण बचावटको लागि रोगको जटिलता अनुसार प्रतिजैविकी (antibiotic) थोपा र सुत्ने बेलामा मलम लगाउनु पर्छ।
पहेलो चीप्राले आँखा टाँस्सिने भएमा यो औषधि सुरु गर्नै पर्छ । साथै अर्को दुखाई, रातो र सुन्निएको कम गर्ने थोपा (NSAID) पनि राख्नु पर्ने हुन सक्छ। घाममा हेर्न गाह्रो भएमा कालो चश्मा लगाउन सकिन्छ, यसले रोग फैलिन पनि कम गर्छ र आँखा पाकेको पनि देखिँदैन ।
भाइरसको आफ्नो अवधि पुरा भएपछि करिब १ देखि ३ हप्ता भित्रमा यो रोग आफै निको हुन्छ तर आँखाको कालो भाग (cornea)मा असर गरेमा रोगको अवधि लम्बिन्छ र यसले दृष्टिमा पनि बाधा पुर्याउँछ । यस्तो अवस्थामा औषधि पनि लामो समयसम्म चलाउनुपर्ने हुन सक्छ र स्वास्थ्यकर्मीसगँ परामर्श लिइरहनु पर्दछ।
हाल प्रचलित औषधिहरुमा क्लोरामफेनिकल, सिप्रोफ्लोक्सासिन, ओफ्लोक्सासिन र बच्चाहरुमा टोब्रामाइसिन बढी प्रभावकारी छन्। आँखा पाकेको बेलामा कन्ट्याक लेन्स वा मेक अप लगाउनु हुँदैन।  औषधि राख्दा एक पटकमा एक थोपा भन्दा बढी राख्नुहुन्न र सकभर एक जनाले प्रयोग गरेको औषधिको बोतल अर्कोले प्रयोग नगर्दा राम्रो। लामो समयसम्म बिर्को खोलेर राखेको औषधिले फाइदा गर्दैन । औषधि राख्दा आँखामा नछुवाइ माथिबाट खसाल्नु पर्छ।  
  
लेखक रेयुकाई आँखा अस्पताल, बनेपाका दृष्टि विशेषज्ञ हुन् 

प्रकाशित मिति: शनिबार, बैशाख २५, २०७३ १३:०२:५१





Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...