A version of this article was also published in Baahrakhari on Gurupurnima (Shrawan 4, 2073/ July19, 2016)
गुरुर्ब्र्ह्म्हा गुरुर्बिष्णु गुरुर्देबो महेश्वर:
गुरु साक्षात परब्रह्म्हा तस्मय श्री गुरवे नम: ।।
गुरु ब्रह्मा, बिष्णु र महेश्वर तिनै हुन, गुरु साक्षात परब्रह्मा नै हुन । तसर्थ गुरु लाई ढोग ।
एउटा पूर्ण मानबिय जीवनमा गुरु धेरै हुन्छन् । अझ जे बाट केही सिकिन्छ त्यो गुरु मानिन्छ, चाहे त्यो कुनै निर्जिव बस्तु नै किन नहोस् । तर वार्षिक रुपमा आषाढ शुक्ल पुर्णिमा वा गुरु व्यास पूजाका दिन मनाउदै अाइएको गुरुपुर्णिमाको सेरोफेरोमा म एउटा यस्तो गुरुको बारेमा परिचर्चा गर्दै छु कि जती शब्दले बर्णन गरे पनि शायद त्यो अपुरै हुनेछ ।
एउटा दर्शनले मानबिय जीवन नै विद्यार्थी हो भन्दछ किनकी जन्मे देखी मृत्यु पर्यन्त मान्छेले केही न केही सिकिरहेको नै हुन्छ । तसर्थ विद्यार्थी त स्कुल गए पनि नगए पनि मानिस् विद्यार्थी नै हो तर ति विद्यार्थीहरु मध्य धेरै कम् विद्यार्थी गुरु हुन सफल हुन्छन अनी तिनै गुरु हुन सफल थोरै विद्यार्थी मध्यको एक असल गुरु हुन्- उमारुद्र बस्नेत यानिकी उमासर ।
हुनत पिटिपिटी ग्रामरको क्वेश्चन ट्याग पढाउने प्रकाश सापकोटा सर, न्यारेसन र प्यासिव भ्वाइस सिकाउने उद्दब सर, बाइनरी जोड सिकाउने नकुल सर, पेटल्स र सेपल्स सिकाउने राधिका मिस, अणु र परमाणु सिकाउने राम प्रशाद अधिकारी सर, कारक र बिभक्ती सिकाउने मित्र सर वा सप्रसँग व्याख्या गर्न सिकाउने सिरी सर, एरोमेटिक बेन्जेन रिङ्ग बनाउन सिकाउने मुना म्याम, क्वान्टम फिजिक्स पढाउने राम सेवक सर, क्रोमेटिक एबेरेसन सिकाउने आसिक सर, लो भिजन सिकाउने प्रकाश सर देखी जिपी लेन्स सिकाउने गौरी सर सम्म अाइपुग्दा थुप्रै आदर्णीय गुरुजन हरुसँग साक्षात्कार गर्न पाउने मौका मिलिरहयो । म मेरो ज्ञानको क्षितिजलाई फराकिलो बनाउन भूमिका खेल्नु हुने आजको दिन सम्मका सबै सबै गुरुगुरुआमा प्रती आभार पनि प्रकट गर्न चाहन्छु अनी यो लेख तिनै महान गुरुमध्यका आदर्श गुरु उमासरको नाममा डेडिकेट गर्न चाहन्छु ।
एउटा सिङगो विद्यार्थीको जीवनमा कुनै पुस्तकको कहिल्यै नपल्टिने पानाहरुबाट ज्ञानका मणिभहरुलाई सहज्, सरल र सरश भाषाको क्याप्सुल बनाएर पिलाउने ति शिक्षक प्रती हार्दिक नमन । अनी क्रितज्ञता तिनै उमासरको नामले परिचित् रहिरहने एउटा त्यस्तो निस्वार्थ ब्यक्तिप्रति जस्ले बिद्यालयलाई परिवार सम्झियो, शिक्षालाई स्तोत्र बनायो र आफु चाँही निरन्तर बलेर महिनबत्ती सरि धिप धिप निभ्दै जांदा पनि समाजको अशिक्षारुपी अन्धकारलाई चिर्न सफल भएकोमा आत्मसन्तुस्टीको ज्योतिले नै अनुस्ठित रहिरह्यो । त्यस्तो महिन जो आफु स्वम बलेर आफ्नो उज्यालोमा रमाउन भाग्यशाली ठान्छ ।
उमासरको यो चित्र छपन्न र सन्ताउन्न सालतिर एक विद्यार्थीको नाताले उहासँग संपर्कमा आउँदा मेरो मतिङलमा बनेको हो र यो चित्र स्फटिक जस्तै सफेत र गाढा छ । उहासँग आजभोलि आक्कल झुक्कल भेट भएता पनि म तेही छपन्न सालको उमासर खोजिरहेको हुन्छु : आदर्शको आकाश, निस्वार्थको भकारी र सरसताको प्रतिमुर्ती । शिक्षक पाउन सकिएला तर उमासर पाउन धर्तिले जेनेरेसन कुर्नु पर्छ ।
उहा दैनिक कपालकोट बाट कुशादेवी सम्म पैदल आउनुभयो । विद्यार्थी र शिक्षण पेशा भनेपछी उहालाइ यती सम्म आशक्ती थियो कि हाफ टाइममा पढाउनु भयो, तीन चालिसको घर जाने घन्टी बजिसकेपछी अतिरिक्त कक्षाहरु लिनु भयो, सबै सबै निशुल्क । जव अरुहरु ट्युसन र कोचिङ भनेर विद्यार्थी सँग भारी रकम उठाएर पढाउन अभ्यस्त हुन्थे, वा पिरेड सक्किने जनाउ घन्टी बज्नु अघी कक्षा छोड्न उध्धत रहन्थे उहा निशुल्क एक्स्ट्रा कक्षाहरु लिनु हुन्थ्यो । खल्ती रित्तो भए पनि लग्भग अध्यारो भएपछी प्रसन्नचित्त लगाएर घर फिर्नु हुन्थ्यो । परिवार भएको एउटा गृहस्थी शिक्षकले त्यसो गर्न सक्दैन जब सम्म विद्यार्थी स्वमलाई उस्ले आफ्नै परिवार सोचेको हुँदैन ।
चौथो पिरेडमा सन्चो छैन भनेर भाग्ने विद्यार्थीको घरमा गएर विद्यार्थी लाई कक्षामा लेराउनु हुन्थ्यो । कक्षामा पुरक सङ्ख्या नपुगुन्जेल एउटै विद्यार्थी सहि तर उहा कुरेर नै बस्न रुचाउनु हुन्थ्यो । एक्पटक मस्तेलाई उस्कै घरमा गइ क्लास्मा अाइज भनी खाना खांदाखादै हातबाट थाल छुटाएर लगारेरै कक्षामा लेराउनु भयो ।
विद्यार्थीलाई सबैभन्दा गाह्रो र पट्ट्यारलाग्दो काम पढ्न नै हो । उहालाइ पढाउन यती धेरै प्यासन् थियो कि सहजै उहा विद्यार्थीको अरुचीको पात्र बन्नु हुन्थ्यो । अनिबार्य गणित, बिज्ञान र अतिरिक्त गणित तिनै गाह्रा र महत्वपूर्ण बिषय उहाले नै पढाउनु हुन्थ्यो ।
बिद्यालयका सम्पूर्ण खेल्कुदहरु सन्चालन गर्न सधैं सकृय रहने उमासर अराजनैतीक छबिले आजसम्म पनि पारीचित हुनुहुन्छ । नमरी स्वर्ग देखिन्न भन्ने उहाको उक्ती त विद्यार्थी विद्यार्थी बिच निकै लोकप्रिय थियो । एस एल सी को बेलामा त उहा बेचैनीका साथ सेन्टर परेको स्कुलको गेटमा विद्यार्थी ले के कस्तो गरे भनेर धर्नै दिएर बस्नु हुन्थ्यो । गेट बाट निस्किदा ननिस्किदै उमासरलाई देख्दा भक्कनो फुटेर आउथ्यो, परिक्षा हल सम्म गएर जानकारी लिने उहा विद्यार्थीका सबै भन्दा नजिकका अभिभावक हुनुहुन्थ्यो ।
उहाको पर्सानालिटी म्याथ्म्याटिकल थियो । टेबुल टेनिस खेल्दा पाराबोलाको अनी भलिबल खेल्दा त्रिकोणमिती सिकाउनु हुन्थ्यो । कक्षामा ब्ल्याकबोर्डमा चकले छक खाने अक्षर लेख्नु हुन्थ्यो । गोला र निकै राम्रा मसिना हस्ताक्षर थियो उहाको, अक्षरहरुका ठाडा धर्का भने उहाको तल्लो हार सम्म ठोक्किने गरी लामो हुन्थ्यो । उहा वास्तबमा मिस्टर पर्फेक्सनीस्ट नै हुनुहुन्थ्यो , शब्दहरुमाथि लगाइने डिको स्केलले कोरेजस्तै सिधा नहुन्जेल सम्म उहा हजार चोटि मेट्न पनि पछी पर्नु हुन्न थियो । पढाउदा उहा कक्षाको अगाडि पटि दाँया अनी बाँया र त्यस डुल्ती रेखाको मध्यबिन्दुबाट लम्ब बनाइ डेस्कहरु बिच्को ग्याङ् वे बाट पछाडि जानु हुन्थ्यो । पछाडि जादा उहाको बेग कम् हुन्थ्यो र प्राय सबै विद्यार्थीको अनुहारमा हेर्न भ्याउनु हुन्थ्यो । जस्तै कुनै दिन ‘आफ्नो टुप्पीमाथिको खगोलिय बिन्दुलाई नतांश भनिन्छ’ भन्दै कक्षाको पछाडि टुप्पी मुसार्दै मन्द बेगले जानुहुन्थ्यो । पछाडि पुगिसकेपछी अगाडि फर्केर एक्छिन रोकिनुहुन्थ्यो, ध्वनी र चाल् दुबै तरहले टक्क । सबै विद्यार्थीको चालामाला र कानेखुसी पछाडिबाट देख्नुहुन्थ्यो अनी सतर्क गराउनु हुन्थ्यो । त्यस्पछी ब्ल्याकबोर्ड्को आफ्नो चकको अक्षर हेर्नु हुन्थ्यो । सुरुको गती शुन्यबाट उहा अगणित प्रवेगले हुत्तिएर ब्ल्याकबोर्ड्को तेही अक्षरको डिकोमा हात पुर्याउन पुग्नु हुन्थ्यो जस्को डिको हल्का बाङो हुन्थ्यो । उहाको पिरेडमा कुनै कुनै अक्षर चारपाच् पटक समेत् मेटिने र फेरी लेखिने गर्दथे ।
हिड्दा एउटा हात बढी हल्लाउनु हुन्थ्यो, अर्को हात अलिक कम् । टाउको उहाले करिब् असी डिग्रिमा टिल्ट गरेर हिंड्नु हुन्थ्यो । उमासर भन्नासाथ हल्का कालो टिन्टको चस्मा, हरियो रङगको पुरानो ज्याकेट र कालो गोल्डस्टार लगाएको सादा जीवन उच्च बिचार भएको दारी छुस्स पालेको अध्बैसे ब्यक्ती नै मेरो मानसपटलमा अद्दोपान्त खेल्दछ ।
शायद विद्यार्थी हुँदा धेरै विद्यार्थीले उहांको त्यागलाई बुझ्दैन थिए । सबै विद्यार्थीको लागि उहां खाली पढ् पढ् भनेर कर गरिरहने झर्को लाग्ने ब्यक्ती हुनुहुन्थ्यो । विद्यार्थीलाई रिजल्ट्मा फेल भैसकेपछि उहांको बलिदानी झल झल याद आउथ्यो । आफ्ना सबै विद्यार्थी ठुला भन्दा बरु असल मान्छे बनुन भन्ने उहाको ध्यय धेरै पछी मात्र बुझिन्थ्यो । उहाको बेला बेलामा बर्सिने बाणी मध्य एक थियो, " बिषय प्रतिको गम्भिर्ता नहुनु भनेको लक्ष प्रतिको स्पस्टता नहुनु हो" । यो डाइलग त कतिपटक अन्डर्लाइन गरेर ब्ल्याकबोर्ड्मा लेख्नै भएको थियो । म आफुले यो कोटेसन कती जीवन्त रहेछ भन्ने कुरा अझसम्म पुरा बुझ्न सकेको छैन ।
एउटा कुशल चित्रकारले उहाको मुखाक्रितीलाई क्यान्भास्मा रङिगन ब्रसले पोत्यो भने नजानिदो पिडामिस्रित भावभङिगको आम्शिक-अस्वेत अनुहार नै बन्दछ । एक हिसाबले उहांको हासो नै यती दुर्लभ थियो कि क्लास्को सबभन्दा लद्दुलाई नौ नम्बर ज्यामिती साध्य मुखाग्र आओस् अनी उहा हास्नु हुन्थ्यो । गणितमा शुन्य आउने देखी नब्बे आउने सम्मका विद्यार्थी लाई उहा चैनको सास फेर्न दिनु हुन्न थियो । सबै हिसाब सबैले गर्नै पर्थ्यो न आए पनि प्रयास गरेको प्रमाण नै चाहिन्थ्यो उहालाइ । प्रथम देखी अन्तिम हुने सम्मका सबै विद्यार्थीलाई हौसला दिने गरी उहा भन्ने गर्नु हुन्थ्यो, ‘धेरै आयो भनेर केराउ फुल्या जस्तो फुल्ने अनी आएन भनेर मरिच चाउर्या जस्तो चाउरिने गर्नु हुँदैन’ । एस् एल सी मा आफ्ना बिषयहरुमा नब्बे कटाउनासाथ आफ्नै प्रयासमा अक्स्फोर्ड डिक्सनरी र भित्तेघडी दिने घोषणा गर्नु भएको थियो ।
यस्तो लाग्थ्यो कि उहा गणितमा जिउनु हुन्थ्यो अनी बिज्ञानमा सपना देख्नु हुन्थ्यो । उहाको जिन्दगीको एक बर्षको एउटा पानामा सयभन्दा बढी विद्यार्थी प्रवेशिका परिक्षा दिएर स्कुल बाहिरिन्थे । पानाहरु फेरिदै गएतापनी उहाको दिन्चर्या र उद्देस्य उस्तै नै रह्यो, शिक्षार्थिहरु फेरिएतापनी उहाले दिने शिक्षा र शिक्षण पद्दति त्यस्तै अभुत्पूर्ण रही राख्यो । उहाले पढाउने बिषयहरु नै विद्यार्थी भबिस्यमा के बन्नेछ भन्ने निर्णयक बढी हुन्थे । उहाले पढाएको आम्ल र क्षार् नजानेको भए जिन्दगीको पाइलामा हुने प्रत्यक लिट्मस टेस्टमा असफल होइने करिबन् पक्का थियो ।
गुरुपुर्णिमाको अवसरमा ति गुरु लाई कोटी कोटी नमन जस्ले निश्फिक्री दोबाटोमा कुरेर हजारौ विद्यार्थीलाई पथ प्रदर्शन गरिरहनु भयो, र आज पनि इन्द्रेस्वर मा बि बाट गरिरहनु भएको छ । कयौन विद्यार्थी उहा अन्धकारमा टुकी बालेर बस्ने दोबाटो सम्म पुग्न सकेनन, कोही दोबाटोकै वरपर अल्झिरहे, अनी धेरै त्यो दोबाटो छिचोलेर कोशौ पर सम्म पुगे र पुग्दै छन् । उमासरको एउटा मात्र कक्षा लिएको छ भने जहाँ भएपनी, जता गएपनी ति सबैले उमासरलाई सम्झिनै पर्छ, उहा प्रति अभार प्रकट गर्नै पर्छ ।
©अधिकारी रबिन्द्र 2016, बनेपा
For Feedback:
Comments
Post a Comment