Skip to main content

ओलीको पानीजहाज थिअरी डुब्नु अघि मेरो भन्नु

यो लेख पहिलोपोस्ट मा जेष्ठ ९ गते २०७३ (२२ मे २०१६ ) मा "ओलीको सपना" सिर्सकमा प्रकासित् थियो । Find it here: http://www.pahilopost.com/blgs/view/-10.html 
​
रबिन्द्र अधिकारी, बनेपा
दिनानुदिन उन्कै शब्दमा 'इन्भर्टेड बुद्धीजिबि'हरुको ठाडो खन्डन र उपहासका पात्र बनेका नेपालका बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दैनिक अखबारका हेड्लाइन देखी कार्टुन र मध्यप्रिस्ठका बिस्लेशणात्मक पानामा समेत् चौपट्टै सँग छाउन सफल भएका देखिन्छन । हुनत प्रधानमन्त्री भनेका चर्चित नै हुनुपर्छ, डेली पत्रीकामा नआए के प्रधानमन्त्री? म ओली को बिरोधि हैन, रचनात्मक आलोचना गर्ने मान्छे बरु बढी मित्रु हुँं । ओली एक ब्यक्ती जो सुप्रिम पावरमा छन उन्को आलोचना हो यो । ओली जो एक पार्टिका नेता हुन, उन्को आलोचना हैन ।

भर्खरै सार्वजनिक भईरहेका उन्का नबिनतम भनाइहरु प्रती प्रायले मज्जैसँग खिल्ली उडाए, अरुले हो मा हो थपे अनी अरु धेरैले गमेर हासे, ताली बजाए । अर्का धारका ब्यक्तिहरु जस्ले ओलीका कुनै पनि बोली अपरिपक्व छैनन भन्न कहिलै छुटाएनन । जताततै निराशाका बादल मडारिइरहेको नेपालका आकाशमा ओलीको आशारुपी 'सौर्य'बोली उदाउनुलाई 'अप्टिमिजम'को संज्ञा दिए उनिहरुले । सपना देख्न सबैलाई छुट छ र संसारका कुनै पनि बिकसित् देश बिना सपना तेत्तिकै सम्रिध्ध भएका हैनन भन्ने उनिहरुको तर्क पनि सापेक्ष नै लाग्दछन ।

सपना देख्नु तर के सबै सपना अरुलाई बाड्नु पर्छ ? देखेका सबै सपना पुरा हुँदैन भन्ने कुरा सबलाई थाहा छ भने किन सुनाउदै हिंड्नु? पहिलो कुरो जिम्मेवार ब्यक्तिले सपना देखेर बस्ने हैन योजना ल्याउने, खाका प्रस्तुत गर्ने, युद्ध स्तरमा कार्यन्वयन गर्ने अनी अन्त्यमा आएर भन्ने ‘मैले यो सपना यती अघी यसरी देखेको थिए, आज आएर साकार भयो’ । हिजो घरघरमा ग्यासको पाइपलाइन जोड्ने सपना देखाएर फेरी अर्को सपना देख्नलाई सुत्न भनेर हिंडेका ओली सखारै पानी जहाजको सपना बाड्न अाइपुगे । उनिमा निर्दोश बालकमा हुने गुण छ - ढाट्न नसक्नु र पेट्मा कुरा राख्न नसक्नु । अर्थात उन्को रुद्रघन्टिमा सेन्सरशिप फिल्टर इन्स्टल गर्नु पर्ने बेला भएको छ ।
सपनाको बहुत काइदा मध्य एक हो- सपना देख्न पैसा पर्दैन । तसर्थ सित्तैमा देख्न पाइने सपनामा किन कन्जुस्याइ ? पानीजहाज मात्र किन? देखी सकेपछी ठुलै सपना देखौ- अन्तरिक्षमा नेपाल स्पेस स्टेसन बनाउ , पम्प्किन कि जस्ता पचासौ लग्जरी टापु किनौ, हिमालमा यारसागुम्बाको ब्यबसायिक खेती सुरु गरी विश्वाका सबै देशमा प्याकिङ र सप्लाइका कम्पनी खोलौ, सामुद्रिक न्याभी नै खडा गरौ, आदी आदी । 
अब सपनाबाट आशा तर्फ लागौ । आशावादी हुनुपर्छ, देश बनेको हेर्न कस्लाई मन छैन? खुट्टा टेक्ने ठाउको धरातल हेर्यो भने कहालीलाग्दो छ अझ चन्द्र छुने कल्पनाले मान्छे कहिले सम्म बाँच्न सक्ला? के सम्भव छैन? ओली ले बोलेका सब सम्भव छन तर कहिले सम्भव छन? दस बर्ष, बीस बर्ष कती बर्ष कती? तोकेरै भनेको भए राम्रो हुन्थ्यो । भबिस्यको कुरा गरेर आखिर फाईदा पनि त छैन, अनी प्रधानमन्त्री को जागिर कसैको बिर्ता पनि त हैन सधैंभरी खाइरहनलाई ।
ओलीले कामको नाममा सिन्को समेत् भाचेका छैनन भनेर मैले भन्न खोजेको हैन । उन्ले संघिन घडिमा प्रधानमन्त्रित्वको पद धारण् गरी थुप्रै चुनौतीहरु खेप्नु पर्‍यो । भारतसँग पन्जा लडाईंमा जितेर मधेसी आन्दोलनलाई समेत् तुहाउन उनी सफल भए । भारतको इच्छा बिपरित धेरै निर्णय लिइ चीनसँग सम्बन्ध बढाइरहे । उन्का राम्रा कामका कदर गर्दै नराम्रा कुरालाई औंला त ठड्याउन पाईन्छ होला नि? हो पाइं भन्दैमा  बेपत्तै सँग बोल्नु उन्को बैगुन नै हो । यो कुरा उन्का समर्थकहरु बरु कुस्ती खेल्न तयार हुन्छन मान्दैनन । बोलीले नै मान्छेलाई अन्धभक्त बनाइराख्नु पनि उन्को खुबी हो, स्विकार्नै पर्छ ।   
एक अरब पर्ने पानी जहाज नेपालसँग हुनै नसक्ने कसैले भनेको छैन । हो भूपरिबेस्टितनै भए पनि स्विजर्ल्यान्ड र लग्जेम्बर्ग धेरै सम्ब्रिद्ध छन, उनिहरुसँग पानी जहाज पनि छ । पानी जहाज स्वामित्व हुनलाई समुद्र जोडीएको कुनै एक देशको डक प्रयोग गर्नु पर्छ र सहजता को झन्डा भन्ने आचारसम्हिता पालना गर्नु पर्छ । त्यस्मा जुन देशमा पानी जहाज रजिस्टर गरिएको हो अन्तररास्ट्रिय पानीमा रहदा तेइ देशको झन्डा उक्त पानीजहाजमा फहराउनु पर्छ । हो, प्यासिफिकमा फहराए पनि एट्लान्टिकमा फहराए पनि ठुलो झन्डा त आखिर होस्ट कन्ट्रीकै हुन्छ ।   सबै नियमहरु रजिस्टर गरिएको देशको पालना गर्नु पर्छ र यदी कुनै घटना घटेमा सोही देश सामुद्रिक कानुनको दाहेरामा आउनु पर्छ । यस्का लागि वार्षिक महसुलत 'होस्ट कन्ट्री' लाई तिर्नै पर्‍यो । भारतले चाहयो भने बिभिन्न बहानबाजीमा  पारबहन सन्धिकै उपेक्षा गरेर नाका बन्द गर्न सक्छ भने कथित पानीजहाजबाट सामान अन्लोड गरी के समुद्र बाट चाँही सुरुङ खनेर डाइरेक्ट नेपाल आउने? पैसा तिर्यो भने पानी जहाज त आउँला तर के समुद्र नै भारत छिचोलेर आउने त हैन होला?

देशमा एउटा रुटमा सिन्डिकेट तोडेर सर्बसुलभ जनयातायात को ब्यबस्था गर्ने हुती बिकास गरेर मात्र अन्य यातायात रेल, पानीजहाज र रकेट को कुरा गर्दा हल्का पच्थ्यो कि? आँखा अगाडि जस्ता टहरामा जिबन गुजारिरहेका टुहुरा जनताका पिताले यस्ता हास्यास्पद उक्ती दिदै हिंड्नु भन्दा तत्काल गर्नै पर्ने कामहरु गरिहाल्दा बरु हाइट अझ बढ्ला । खानिको अन्वेसण् सुरु वात मात्र गर्दा पनि  पेट्रोलको ग्यारेन्टि लिने ओलीलाई के थाहा दुई बर्षमा अब कती वटा प्रधानमन्त्री फेरिने हुन भनेर ।

Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

बृद्ध नेतृत्वले मक्किएको देश

( यो कुनै पाटी बिशेषलाई मात्र भन्न खोजिएको हैन । सबै पाटीहरुको हालत एउटै छ ।) बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शिर्ष चेहेराहरुमाथि बिचार गरौं । समय बद्लियो, ब्यबस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहारहरु बद्लिएन । धेरै नेताहरुले पाटी बदले, पाटीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनासुकै तन्त्र आएपनि किन देश र जनताको स्थिति सधैं बेहाल? एक प्रमुख कारण हुन सक्छः बुढा नेताहरुको बिगबिगी । जुनसुकै ब्यबस्था आओस, पञ्चायतदेखि अद्योपान्त कमल थापा शक्तिकेन्द्रमै देखिन्छन् । उन्को पाटीको मुल मुद्दा राजतन्त्र भएतापनि गणतान्त्रिक धारका पाटीको गठबन्धन सरकारमा समेत उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्न उनीभन्दा योग्य अरु मानिएन । प्रजातन्त्रमा विश्वास राख्ने सपुतहरु भनिएका राजाले प्रधानमन्त्री पदको भ्याकेन्सी खोल्दा दर्खास्त दिन जाने निर्लज्ज नेताहरु अझै पनि पाटिका होनहार कहलिएकै छन् । कस्तो मोह त्यो कुर्सीको जस्ले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आश त्याग्दैन ? आफु धेरैपट...