यो लेख onlinekhabar को बिचार पृष्ठ मा २०७३ असार ३ गते ११:११ मा
एसएलसीको नतिजाः अब हट्ला त आत्महत्या ?
शिर्षकमा प्रकाशित छ ।
..........................................................................................................................................................
हिजो भर्खरै करीब छ लाख बिद्यार्थीको एस् एल सी रिजल्ट् परम्परागत ढाँचामा भन्दा फरक तरिकाले प्रकाशित् भएको छ । हुन त यस् पद्दतिको पनि इन्हेरेन्ट दोषहरु त छन नै तर पनि तुलनात्मक रुपमा बैज्ञानिक ठानिएको यो प्रणालिमा नौ वटा ग्रेडिङ अल्फबेट छन, ए प्लस देखी इ सम्म । इ अथवा डि ग्रेड ल्याउने विद्यार्थी ले एक महिना भित्र अर्को परिक्षा दिएर ग्रेड बढाउने मौका पाउनेछन् । यो ग्रेडिङ प्रणालीले विद्यार्थी विद्यार्थीबिच हुने विभेद धेरै हदसम्म कम गर्दछ । थोरबहुत समान किसिमका शैक्षिक योग्यता भएका दुई विद्यार्थीको समान ग्रेड औने सम्भावना रहन्छ । जस्तै सत्तरी देखी असी प्रतिशत बिच को जुनसुकै अङ्क पाउनेले बि प्लस ग्रेड पाउने भयो । एकहत्तर र अठहत्तरको समान ग्रेड हुँदा प्रमाणपत्रमा समान देखिने भयो । यो पद्दतिले अङ्क मुखी शिक्षण बिधी भन्दा गुणस्तर मुखी शिक्षण बिधी लाई ग्रहयता दिन्छ र यो अन्तरर्स्त्ट्रिय माप्दन्ड अनुरुप पनि सर्व स्विकार्य छ ।
फेल भन्ने शब्दै हटाउनु राम्रो कदम हो भने अब आगौ देखी एस् एल सी नै हटाउने कदम झन सकारात्मक् हो । कक्षा बाह्र सम्म स्कुल हो, यस्मा कुनै पर्खाल लगाइनु हुँदैन । आइरन गेट वा गाह्रो परिक्षा भनेर हाइ स्कुल सम्मको न्युनतम शिक्षा सबैले सर्बसुलभ पाउने अवसर बाट बन्चित गराइनु हुँदैन । नयाँ यो प्रणालीसँगै अविभावक, शिक्षक अनी सबैले तीन घन्टे परिक्षाबाट प्राप्त हुने शैक्षिक प्रमाणपत्र नै असली क्षमताको मापक हैन र यसको नतिजालाई जस्तो आएपनी सहर्स स्विकार गर्ने मनोव्रितीको बिकास गर्नु पर्दछ, र आत्महत्या वा डिप्रेसन् जस्तो मानसिकताबाट कुनै टिनेजर पनि गुज्रिन पदैन ।
एस्. एल. सी. को परिणाम आउँदा परिणामसँग असन्तुस्ट किशोर्किशोरिहरुले बर्सिनै आत्महत्या वा यस्को प्रयासका अप्रिय समाचारहरु सुनिन्छन । अक्सर एस्. एल. सी. परिक्षामा सामेल हुने किशोर-किशोरीहरुको तेह्र देखी उन्नाइस बर्ष सम्मका टिनेजर नै हुन । यो उमेरमा मानसिक चन्चलता, आवेग र अस्थिरताको मात्रा चरम अवस्थामा हुन्छ । सानातिना कुराहरुले मानिस् खुशी हुने र सानातिना कुराले मर्माहत भई आत्महत्या समेतको दुश्प्रयास गर्ने उमेर पनि यही हो ।
स्कुले जीवन पर गएर बाहिरी संसार समेत् राम्ररी देखी नसकेका हाम्रा कलीला नानीहरुको बाल मनोबिज्ञानमा किन यस्तो आत्महत्या जस्तो निक्रिस्ट पराजित मानसिकताले स्थान पाउछ, सोचनिय बिषय हो ।
त्यस मध्य एक कारण हो पढाई लाई चाहिने भन्दा बढी महत्व दिनु । पढाई अत्यावश्यक छ तर यसलाई चाहिने भन्दा बढी महत्व दिनु हुँदैन । कुनै पनि आमाबाबुलाई उनिहरुका छोराछोरिहरुले डिस्टिङ्सननै ल्यएको देख्न मन छ । सबै छोराछोरिहरुले आमाबुवाको यो मत्वाकांक्षा पुरा गर्न सक्छन नै भन्ने छैन ।
यहाँ कस्ले कति स्कोर गर्ने भनेर विद्यार्थी विद्यार्थीबिच,स्कुल स्कुलबिच अनी अविभावक अविभवकबिच प्रतिस्पर्दा हुन्छ । अनी जरुर आसातित रिजल्ट् नआउँदा मानिस् ‘डिप्रेस्ड्’ हुने नै भयो । किन भने त्यो चङोलमा ऊ एक्लै छैन, उस्को रिजल्टले ऊ वरिपरिको धेरैलाई प्रभाव पारीरहेको हुन्छ र उस्को रिजल्टलाइ निकै महत्वका साथ हेरिएको हुन्छ । असफल हुँदा यस्को खबर सजिलै फैलिन्छ पनि । यो सामाजिक ‘प्रेसर’ सबै टिनेजरले सहन नसक्ने पनि हुन्छन ।
नेपाली समाजमा आजसम्म पनि पढाई बहेकका अन्य प्रतिभालाई स्थान दिन सकिएको छैन । कोही राम्रो फुट्बल खेलाडी छ भने, जतिखेर नि खेलिरहेको देख्दा उस्लाई समाजले लफङ्गोको संज्ञा दिन्छ । कपाल पालेर गीटार र संगीत तिर झुकाव राख्यो भने उस्को संगीतकौशल जस्तो सुकै किन नहोस्, उस्लाई ट्यापे भन्न थालिन्छ । एउटा निस्चित स्टेरिओटाइप बाट बाहिर निस्किनसाथ समाज ले तेस्लाई गलत नै ठान्दछ, जुन आँफैमा गलत हो । पढाई बाहेकका कुनै चिज हबी मात्र हुन सक्छन, जीवन धान्ने ब्यवसाय हुन सक्दैनन भन्ने सङ्कुचित बिचार अद्दोपान्त हामीसँग छ ।
सफल जिन्दगी जिउन आवश्यक न्युनतम शिक्षा भए पर्याप्त छ, फर्स्ट डिविजन नै आउनु पर्छ भन्ने छैन । यो कुरा अल्बर्ट आइन्स्टाइन बाट पूस्टि हुन्छ । उनी हाइस्कुल ड्रप आउट हुन तर पनि भौतिक शास्त्रमा अहिले सम्मा पत्ता लाउन नसकेको कुरा पत्ता लगाएर विश्व-बिख्यात भए । हुन त सबै मान्छे आइन्स्टाइन जस्ता हुँदैनन । तर सफलताको लागि पढाई नै आवश्यक छ भन्ने कुरा विलियम सेक्स्पियरले पनि गलत साबित गरिदिएका छन भन्ने कुरा हामीले बिर्सिनु हुँदैन । उनी पनि तेह्र बर्षको उमेर पछि औपचारिक शिक्षाबाट पर नै रहे । माइक्रोसफ्टका मालिक तथा विश्वकै धनी ब्यक्ती बिल गेट्स, फेस्बुकका प्रणेता तथा सि. इ. ओ. मार्क जुकर्बर्ग अनी एप्पलका संस्थापक स्टेव जब्स तिनै जना कलेज ड्रप आउट हुन । विन्स्टन चर्चिल, अब्राहम लिङ्कन, हेनरी फोर्ड पनि राम्रो पढ्ने मान्छे थिएनन । यस्का उदाहरण खोज्दै गयो भने धेरै नै भेटिन्छन् । तसर्थ अबको शैक्षिक प्रणाली स्कुलदेखी नै यस्तो हुनु पर्दछ कि विद्यार्थीलाई पढाईको पछाडि मात्र लगाउने हैन, उस्को प्रतिभाको पछाडि बढी रफ्तारमा दौडाउने होस् ।
शैक्षिक होड्बाजिमा पढाइ एत्तरका प्रतिभा ओझेलमा पर्दै जान्छन । कुनै पनि मानिस् सँग उस्ले दिने प्रतिफल भन्दा बढी आशा गरिनु नै गलत हो । कुनै प्रतिभालाई मौलाउन दिने समय नै स्कुले जीवन हो अनी यो समयमा पढ् का पढ् भनेर रटान लायो भने उस्को भित्री इच्छा मरेर जान्छ, अन्तत्वोगत्वा न उस्ले आफ्नो प्रतिभा चिन्ने वा तिखार्ने मौका पाउछ, न उस्ले पढाईमा यथोचित नतिजा प्राप्त गर्न सक्छ ।
एस् एल सी को नतिजालाई यती सम्म अतिरन्जित गरिन्छ कि किशोर-किशोरिहरुले ठन्छान राम्रो अङ्क प्राप्त गर्न नसके उनिहरुको भबिस्य नै अन्धकार हुनेछ ।
त्यस संगै आउने अर्को फ्याक्टर हो पियर प्रेसर । अफु सँगैका मिल्ने साथीहरु सबै पास भए भने अफुलाई असह्य हुन्छ । सबै साथी संगै कुन कलेज जाने भनेर समेत् प्रारम्भिक सपना देखिएको हुन्छ भने कुनै एक मात्र असफल हुँदा आघात पर्न जान्छ । सफलताको खुशीयालिमा रमेका साथी भाईले उस्लाई वास्ता नगर्नु त छदै छ परिवारजनले समेत् उस्को अवस्था र पिडालाई राम्रो सँग रेस्पोन्ड नगरिदिदा उस्को दिमागमा नराम्रो सोचले डेरा जमाउन सुरु गर्छ ।
परिक्षाफल प्रकाशनको प्रणालिगत हिसाबमा हामी परिसक्रित भयौ तर अब एस् एल सी को नतिजा उपर हेरिने दृष्टिकोण र त्यस्बाट उब्जिने मानसिकता पनि परिवर्तन गर्न सकियो भने बर्सिनै सुन्नु परेको एस् एल सी सम्बन्धी आत्महत्याको श्रिङ्गखलामा जरुर पूर्ण बिराम लाग्ने थियो ।
Comments
Post a Comment