Skip to main content

बेलायती बहिर्गमन, क्यामरुनको भविष्य र धारा पचास


यो लेख रातोपाटी अन्लाइनसेतोपरेवा र खबर डबलीमा मिती २०७३ असार १९ गते ( 3rd July 2016) प्रकाशित् थियो ।  यही लेख काभ्रे को चेस्टा साप्ताहिक मा असार २३ को अंकमा पनि प्रकाशित् थियो । 

©अधिकारी रबिन्द्र (बनेपा) 2016

ब्रेक्जिट वा बेलायती बर्हिगमन ः बर्तमान वहस
४१ बर्ष पछि पुन भएको जुन २३ को इयुबाट बेलायत बाहिर जाने वा नजाने भन्नेबिचको जनमत संग्रहले बेलायत साँचैनै बाहिरिने भएपछि विश्वको भुराजनैतीक र आर्थिक भविस्य प्रक्षेपण थुप्रै भए । बारम्बार अरु इयु देशहरुको आपत्तिको चङगुलमा फसेर आफ्नो आर्थिक प्रगतिमा बाधा परेको, इयुको कडा बजार ब्यबस्था सम्बन्धी नियमले बेलाबखत प्रताडित हुनु परेको र अब सदस्यता खर्च पनि कटौती हुने भएकोले एकाग्र चित्तका साथ अघी बड्न बाटो खुलेको भनी बर्हिगमनका फाईदाहरु गाउने बिश्लेषकहरु पनि रहे । त्यस्तै ओबामा प्रशासनका पूर्व आर्थिक सल्लाहकार तथा क्लिन्टन ट्रेजरीका सचीब ल्यारी समर्सले भने दोस्रो विश्वयुद्द देखिको यो यूरोपको लागि ठुलै दुर्घटना हो र एस्ले बेलायत स्वयमलाई आर्थिक मन्दी तिर धकेल्न सक्ने अनुमान गरेका छन । उन्को तर्क थियोः ब्रेक्जिटको यो धक्काले सिर्जित आर्थिक समस्या हल गर्न सक्ने तागत कसैमा छैन नकी विश्वका केन्द्रिय बैंकहरुसँग । हुनत थुप्रैले अब स्कट्ल्यान्ड र जिब्राल्टर समेत् ब्रिटेनको पकडबाट फुत्किन सक्ने विकराल भबिस्यवाणी पनि गरिरहेका छन । 

बर्हिगमनको तत्कालीक स्वदेशी प्रभाव
बेलायती बहिर्गमन (ब्रेक्जिट) पछि एकै हप्ता नबित्दै पाउन्डको भाउमा गिरावट आएको, बेलायतको मार्केट आंशिक रुपमा धरासयी भएको र स्ट्यान्डर्ड एन्ड प्वर संस्थाले ब्रिटेनलाई एकैपटक ट्रिपल ए रेटिङ बाट डबल ए मा झारिदिएको तथ्यले एकातिर बिदेशी लगानिकर्ताहरु ब्रिटिश भुमीमा लगानी गर्न हच्किने अवस्था सिर्जन भएको छ भने अर्कातिर स्कटिस जनताले ब्रेक्जिटको बिपक्षमा खसालेको भारी मतका बाबजुत पनि नतिजा उल्टो आएकाले स्कट्ल्यान्ड्लाई युकेबाट अलग्यौन पुन जनमत गर्ने भन्ने सवालहरु पनि उठ्न थालेका छन् । अर्थात स्कटिस जनता र नेताहरुको भनाइ अनुसार ब्रेक्जिटको नतिजाले उनिहरुको “सेन्टिमेन्ट प्रतिबिम्बित गर्दैन । जुनको अन्तिम साता जनमत संग्रहको नतिजा प्रति असन्तुष्टी जाहेर गर्दै स्कट्ल्यान्ड्ले पुन इयुमा रहन अनुरोध गरेकोमा प्रमुख इयु राष्ट्रहरुले त्यस्को अस्विकार गरेका छन् । 

तथापी बहिर्गमनका पक्षधरहरु तत्काल ब्रिटेनमा केही समस्या देखिएपनी दिर्घकालिन रुपमा यो एतिहासिक कदम देशको लागि धेरै नै राम्रो सिद्द हुने बताउछन् । उनिहरुको तर्क बिशेषतः आप्रवाशन समस्या बाट ब्रिटेन मुक्त हुन सक्ने र स्वतन्त्र रुपमा सार्वभौमिकता रक्षा गर्न सकिने भन्ने तथ्यमा केन्द्रित देखिन्छ । 

ब्रेक्जिट जस्तै केही समय अघि ग्रेक्जिटको कुरा पनि उठ्यो, ग्रीस चाँही गरीब भएका कारणले निकालिन खोजिएको मुलुक हो । विविध ऋण र सौलियतले ग्रीसलाई इयुमै स्थापित गराइयो । बेलायत इयुबाट बाहिरिने पहिलो मुलुक हो, यस्ले एउटा खतरनाक परिपाटीको सुरुवाती सङ्केत को काम पनि गर्न सक्छ । त्यो हो यदी ब्रिटेन बाहिरिन सक्छ भने अरु मुलुक किन सक्दैन? इयुको धेरै कुरा चित्त नबुझेका मुलुकरु यस्बाट बाहिरिने अभ्यास गर्न ढोका खुलेको अवस्था छ । यसरी इयुको संस्थागत इन्टेग्रिटी, प्रतिस्ठा र दिर्घकालिनता माथि नै प्रश्न चिन्ह खडा हुन नसक्ला भन्न सकिन्न ।   

डेवीड क्याम्रुन र उन्को राजनैतिक स्थान
कन्र्जभेटीव पार्टीका नेता तथा प्रधानमन्त्री डेविड् क्यामरुनले अफु स्वयम ब्रेक्जिटको बिपक्षमा रहेतापनी प्रजान्तान्त्रिक अभ्यास स्वरुप जनमत संग्रहलाई प्रस्रय दिइ नतिजालाई सहर्ष स्विकारे अनि नैतीकताको आधरमा राजीनामा पनि दिए । उन्लाई यो अभियानमा लेबर पार्टिर तथा तेस्का नेता जेरेमी कर्बिनको यथेस्ट सहयोग पनि रह्यो  ।

तथापी आगामी अक्टोबरसम्म आफ्नो पार्टीको अधिबेशनमा नयाँ नेतृत्व नछानिन्जेलसम्म सरकारी बाग्डोर थामिदिने उन्ले बताएका छन् । त्यस्पछी उनी प्रधानमन्त्रित्वबाट बाहिरिने छन । सन् २०१० को ११ मेबाट पद्भार सम्हालेका डेविड् २०१५ को मे ७ मा पुनः फेरी निर्वाचित भए । उन्को टोरी पाटिले यस्पटक ३३० सिट जिती बहुमत ल्याएको थियो र आफ्नो एकल सरकार बनाउन सफल भएको थियो । उनी आफुलाई ईतिहासका पानाहरुमा यस्तो प्रधानमन्त्रीको रुपमा चिनाउन चाहदैन थिए जस्ले बेलायतलाई इयु बाट अलग्यायो । तसर्थ, नैतिकताको हिसावले पनि २००५ को डिसेम्बर देखी पाटीको नेतृत्व गर्दै आएका उन्ले गत २४ जूनमा आफुले सोचे बिपरित इयु जनमतको परीणाम आएपछी टेन डाउनिङ स्ट्रिट अगाडि उन्की श्रीमती समान्था क्यामरुन सँगै बसी मलिन अनुहारमा राजीनामा घोषणा गरे । तर पनि समलिङगी बिवाहलाई बैधता दिएको र ब्रिटेनलाई अर्थिक सम्बृद्धिको शिखरमा पुर्याएको जस उन्ले पाउनेछन् । 

आफ्नै पाटी भित्र सदैब ब्रिटेन यूरोप मै रहनु पर्छ भनेर वकालत गर्दै आएका उन्ले पाटीलाई नेतृत्व लिएपछिको पहिलो सम्बोधनमा समेत् इयुबाट बेलायत लाई अलग्याउने भनेर कच्कच नगर्न उन्ले करीब आधा जति बिपरीत बिचार भएका टोरी नेताहरुलाई आग्रह गरेका थिए तर तेही पहिलो सम्बोधनमा उन्ले कोट्ट्याएको मुद्दाले उन्को राजनैतीक भविस्य समाप्त पार्यो ।     

क्यामरुनको सट्टामा प्रधान मन्त्री पदको लागि (वा टोरी नेतृत्वको लागि)े प्रवल् संभावना रहेकी ब्यक्तित्व हुन ः टेरिजा मे, सर्बसाधारण तथा कनर्जभेटीव मतदाताबीच युगव(थ्यगन्यख)ले गरेको मत सर्वेक्षणमा उनी र्सर्वा्धिक रुचाइेकी नेत्री हुन । अरु प्रतिश्पर्दीहरुमा माइकल गव, लियाम फक्स र आन्ड्रीया लिडसम हुन् । बोरिस जन्सन, एक प्रवल ब्रेक्जिट अभियन्ताले र्भखरै आफू प्रधानमन्त्रिको दाबेदार नहुने घोषणा गरेका छन् र वर्तमान अर्थमन्त्री जर्ज ओश्वर्न पनि रेस बाट बाहिरेका छन् । त्यस्पछी न्युन संभावना बोकेका नेतामा स्टेफेन क्र्याब पनि हुन् । उम्मेदवारी दिने म्याद जुन ३० मा सकियो र अब जुलाइ ५ देखि चरणबद्द निर्वाचन चल्नेछ । 

इयुको सर्वोपरीलाई स्वीकार्दै आएका डेविडले ब्रसेल्समा भएको इयुबाट ब्रिटेन बाहिरने प्रकृया सुरुवात गर्नु पर्ने भन्ने भेलामा पनि ब्रिटिश नागरिकलाई इयु माथि पिठ्यु फर्काउन नहुने थियो भनेका छन । अब ब्रेक्जिटको कल्पनालाई सत्यतामा उतार्न इयु लिडरहरुसँग नेगोसियसन सुरु हुने छ तर उक्त नेगोसियसनको सुरुवात डेविड् आगामी प्रधानमन्त्रीबाट भईदियोस भन्ने पक्षमा छन । कुनै बेला “ब्रिटेन इयुबाट छुट्टिनु भनेको हाम्रो देशको अर्थतन्त्र मुनि बम राख्नु हो भनेका नेताले निश्चय पनि बहिर्गमनका बिबिध बिषयमा नेगोसियसन गर्न सक्ने छैनन् । 

के हो त धारा पचास ?
अब बुझौं बेलायती बहिर्गमनको प्रकृया अन्तर्गत हिजो आज ’हट टपिक मा रहेको “आर्टिकल फिफ्टी का बारेमा ।  

इयुको संबैधानिक आधार सन् २००७ को लिश्बनको सन्धिमा सदस्य राष्ट्रहरुबीच हस्ताक्षर भई तय भएको थियो । यो सन्धिको एउटा सानो किस्सालाई आर्टिकल फिफ्टी अर्थात धारा पचास् भनिन्छ । पाच वटा छोटा प्याराग्राफमा उल्लेखित २५० शब्दको उक्त धारा इयु सदस्य राष्ट्र युनियनबाट बाहिरिदाको प्रकृयाको बारेमा केन्द्रिकित छ । यस्ले भन्छ, “आफ्नै संबैधानिक दाहेरा अनुसार सदस्य राष्ट्र युनियन बाट बाहिरिने निर्णय लिन स्वतन्त्र छ ।

यो धारामा छोड्ने राष्ट्रले पहिला आफ्नो सदस्यता परीत्याग गर्ने मनसाय युनियनलाई सुचित गराउने, सम्बन्धित बिबिध बिषयमा नेगोसियसन गर्ने र इयु राष्ट्र हरुसँगको भावी सम्बन्धका बारेमा कानुनी आधार खडा गर्न सक्ने भन्ने बुंधाहरु समाबिस्ट छन् । साथै यो प्रकृया अघी बड्न सदस्य राष्ट्रहरुको बहुमत र यूरोपियन संसदको सहमती पनि आवश्यक छ । सबैभन्दा मत्वपूर्ण कुरा छोड्ने मनसुबा सुचित गरेको दुई बर्ष भित्र उक्त राष्ट्र सम्पूर्णतः बाहिरिसक्नु पर्ने छ । यदी यसो गर्न सकेन भने नयाँ अन्य सदस्य राष्ट्रहरुको सहमति बिना नयाँ ब्यवस्था हुन सक्दैन तर सहमति जुट्न सकेको खन्डमा समयावधि थप्न भने सकिनेछ । यो धाराले संवादका लागि को मध्यस्तकर्ता बस्न सक्ने भन्ने स्पस्ट सँग बोलेको छैन तर पनि यूरोपियन परिषद लाई अग्रडी भूमिका खेल्न सक्ने भनेर सङ्केत गर्दछ । धारा पचास् सक्रिय गराएपछी तुरुन्त बहिर्गमन कार्यन्वयनका लागि धारा २१८(३) सकृय हुन्छ । इयूमा पूनः गाभिन धारा ४९ सकृय गराउनु पर्छ, अर्थात धारा पचासको उल्टो काम धारा ४९ ले गर्दछ ।

ब्रेक्जिटमा धारा पचासको सन्दर्भ 
अबको शक्ती संघर्ष बिशेषतः बेलायतले धारा पचास् सक्रिय गराउनु पूर्व आफ्नो स्वार्थपुरक मुद्दाहरुमा पुर्व संवाद गर्न खोज्ने छ । हिजो ब्रेक्जिटका संसद भित्र र बाहिरका अभियन्ताहरुले पनि क्यामरुनलाई (जस्ले यदी जनमत बमोजिम ब्रेक्जिट सत्यतामा बदलिएको खन्डमा तुरुन्त प्रकृया अगाडि बढाउने भन्दै आएका थिए) सो धारा शीघ्र सक्रिय नगराउन दबाब श्रीजना गर्ने सङ्केत प्रस्टै देखिन्छ । दुई बर्ष कम् समय भएकोले हुन सक्ने सम्म फाईदाको डिल उक्त धारा सुचारु हुनु अघी नै उनिहरु गरिसक्न चाहन्छन् ।

तर अर्र्काितर फ्र्यांको ओल्ल्यन्ड, एन्जेला मर्केल लगायतका प्रमुख इयु राष्ट्रप्रमुखहरुले तुरुन्त बहिर्गमनको प्रकृया सुरु गर्न युकेलाई आव्हान गरेका छन । उनीहरुले युकेले धारा पचास सकृय नगराएसम्म वार्तामा नजाने र यदी युकेले साझा बजार माथि पहुच राखी राख्न चाहन्छ भने इयु नागरिकको स्वतन्त्र आवागमनको अवधारणालाई सम्मान गर्नै पर्छ भनेका छन् । यसैबिच यूरोपियन परिषदका अध्यक्ष डोनाल्ड टस्कले युकेले आफुले चाहेको कुरा छान्ने र नचाहेको कुरा छाड्ने गर्न नपाउने कुरा प्रस्टै पारेका छन् । तर बेलायतले उत्पादन र सेवामा उदारीकरणको नीति लिन सक्ने देखिएतापनि म्यानपावर आवतजावतमा पास्र्पोटीङनै लगाउने कुरा प्रायनिश्चत जस्तै छ । 

बाहिरिने नै भएपछी शीघ्र प्रकृयामा लाग्दा ब्रेक्जिटको मुलभुत उद्देश्य प्राप्तिका लागि बाटो खुला हुने थियो र युकेलाई स्विजर्ल्यान्ड वा नर्वे जस्तै स्वतन्त्र मुलुक भए पनि अझ बढी  सम्रिद्ध बनाउन संबादबाट साझा बजार पहुचको खातिर निश्चित रकम तिर्ने र इयु भित्रका मानबिय स्रोत साधनलाई परस्पर स्थानान्तरण गर्न सकिने ब्यवस्था भए यूरोप एउटा महादेशकै लागि राम्रो हुने ठहर्छ । 

लेखक रेयुकाई आँखा अस्पतालमा दृष्टि विशेषज्ञको रुपमा कार्यरत छन् ।

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।