Skip to main content

Posts

एस् एल सी नतिजा पछीको आत्महत्या हट्ने सङ्केत

यो लेख  onlinekhabar  को बिचार  पृष्‍ठ मा  २०७३ असार ३ गते ११:११ मा  एसएलसीको नतिजाः अब हट्ला त आत्महत्या ? शिर्षकमा  प्रकाशित  छ ।  .......................................................................................................................................................... हिजो   भर्खरै   करीब   छ   लाख   बिद्यार्थीको   एस्   एल   सी   रिजल्ट्   परम्परागत   ढाँचामा   भन्दा   फरक   तरिकाले   प्रकाशित्   भएको   छ   ।   हुन   त   यस्   पद्दतिको   पनि   इन्हेरेन्ट   दोषहरु   त   छन   नै   तर   पनि    तुलनात्मक   रुपमा   बैज्ञानिक   ठानिएको   यो   प्रणालिमा   नौ   वटा   ग्रेडिङ   अल्फबेट   छन ,  ए   प्लस   देखी   इ   सम्म   ।   इ   अथवा   डि   ग्रेड   ल्याउने   विद्यार्थी   ले   एक   महिना   भित्र   अर्को   परिक्षा   दिएर   ग्रेड   बढाउने   मौका   पाउनेछन्   ।     यो   ग्रेडिङ   प्रणालीले   विद्यार्थी   विद्यार्थीबिच   हुने   विभेद   धेरै   हदसम्म   कम   गर्दछ   ।   थोरबहुत   समान   किसिमका   शैक्षिक   योग्यता   भएका   दुई   विद्यार्थीको   समान   ग्रेड   औने   सम्भ

मोतिबिन्दु बारे जान्नैपर्ने केही कुरा

यो लेख  स्वास्थ्य खबरपत्रिका  मा मिति:२०७३ असार ६ गते ९:५९ मा प्रकाशित् थियो । आँखाभित्र रहेको पारदर्शी मणीभ जस्तै लेन्स क्रमशः अर्ध–पारदर्शक र अपारदर्शक हुदै गई दृष्टिमा ह्रास ल्याउने रोगलाई मोतिबिन्दु भनिन्छ । तसर्थ मोतिबिन्दु आँखाको लेन्सको रोग हो । मोतिबिन्दु कुनै एक वा दुवै आँखामा हुन सक्दछ र यो सरुवा रोग होइन । अधिकांश मोतिबिन्दु उमेर बढ्दै जाँदा देखा पर्छन् । मोतिबिन्दु भनिरहँदा लेन्स के हो पूर्व जानकारी हुनु आवश्यक छ । लेन्स मुख्यतया पानी र प्रोटिनको सिसाजस्तै प्रकाश छिर्ने आँखाको अंग हो जसले हामीले हेर्ने वस्तुहरुलाई आकृति बनाएर प्रष्ट रुपमा दृष्टिपर्दा (रेटिना) मा फोकस गर्दछ । रेटिनाबाट प्रकाशका आकृतिहरु स्नायू संकेतहरु बनेर मस्तिष्कमा जान्छ । यदि लेन्समा बादले वा धब्बा छ भने निश्चय नै रेटिनामा प्रष्ट प्रतिविम्ब बन्न सक्दैन । अतः मानिसको दृष्टि क्षमतामा ह्रास आउँछ । मोतिबिन्दु उमेरसँगै मात्र नभई अन्य आँखाका रोगहरु, विकिरण, चोटपटक तथा लामो समयसम्म (स्टेर्वायड) औषधीको प्रयोगबाट पनि उत्पन्न हुन्छन् । कुनै  जन्मजात वा कुनै मधुमेह रोगसँग पनि सम्बन्धित हुन्छन् । उपचारः    

साइबर साली

दुनियाँ अब गुमनाम भो । लाग्छ ममा अब यस्तो शक्ति प्रादुर्भव होस् कि म बेग्लै अर्को संसार रच्न सकु जहाँ म हुनेछु अनि चारैतर्फ खुशीका अनन्त छालहरू । युरुपेली भूमि लिस्बन नामक कङ्क्रिट्को जङलमा आएयता महिनौसम्म मेरो अगाडि एउटै नाम नाच्न थालेको थियो- अश्लेषा । त्यही नाममा मस्तिशष्कले हजारौपटक उनको सुन्दर तस्वीर रच्न भ्याएको थियो । कुनै तस्वीरमा उनको नाक अलि थेप्चो कुनैको ओठ पातला, कुनैमा दाँया गालामा कोठी, कुनैको आँखा खैरा, कुनैको लामा बाक्ला कपाल त कुनैको छोटो । अनि अरु यस्तै यस्तै गहुँगोरी, काली । छायालिस दिन अघिदेखिको सुरुवाती कथा:- जुग एस्तो थियो जब पर्सनल कम्प्युटर र सेल्फोन दूरको कुरा थियो । याहू पब्लिक च्याट रुममा पसेर लग इन गर्द दाँयापटी अश्लेषा अनलाइन देखेपछि मनले मानेन । शब्दको झटारो हाने- hey, can I Join? स्क्रिन्मा कुनै केटीको युजर्नेम, अनुमान गर्नुस् त्यस्तो युनिक र सालीन नाम्को इन्बोक्सको इन्कमिङ मेसेज कति होलान । NO REPLY । नौलो भएन । आशा बटुलेर फेरि अर्को झटारो- BG? or वाना स्किप अन्नन पिपल? झ्याउ लागेर window minimize गरेर अरु काममा बेस्त भए । लामो समयपछि नोटिस गरे रिप्ला

"जेब्रा क्रसिङ"

This article is published in  Ujyalo Online  on 18th July 2016 पुतलिसडकको चोक, बाग ब जारबाट डिल्लिबजार जाँदा जेब्रा क्रसबाट रातो बत्ती निभ्ने डरमा हतार हतार बाटो काट्दा अन्जान शहरकि अन्जान कथाबोकेकी अन्जान केटीसँग मेरो ठक्कर लाग्यो । गहकिला कथा ठक्करबाटै बन्छन । न्युटनले पुर्पुरोमा स्याउको ठक्करका कारण विश्वलाई अहिलेसम्म रिंगाइराखेको  गुरुत्वबलको नियम फेला पारे, ​​मैले मेरो पुर्पुरोमा  त्यही नादान  केटीको ठक्करले एक्नास मलाई रिंगाइराख्ने स्वास्नि फेला पारेँ ।  म श्रेष्ठ फोटोकोपीमा जिओलोजीको एक पुस्तक प्रतिलिपी निकाल्न भनेर हन्निएको थिए, उनी कोलिन्स्मा जि.आर.इ. पढ्न भनेर हान्निदै थिइन । सम्योग कस्तो? रातो बत्ती धेरै बल्छन, नियतिले मलाई पर्खाएर, वा उन्लाई छिटो हिडाएर तेइ रातो बत्तिमा उन्लाई पारीबाट र मलाई वारीबाट लेराएको थियो । करीब दुई दस्मलब चार मिटरको चौडाइभित्र रेखाको सिधा उनी अनि तेइ रेखा तर्फ म हिंडेको थिए । नजानी नजानी उनी पनि पाइला गनेझै, मपनि पाइला गनेझै बाटोको मध्यभागमै आएर ठोक्किनु पर्ने । तेइ जेब्रा क्रसिङको सानो चौडाइ भित्र हाम्रो जिबन काहानी लुकेको हुदो रहेछ । जोडी

आएल्ट्सको रन्को

“ कती   पडिस ?” डिग्री   सकेको   चार   बर्ष    भो   ।  ”  बिषय   मेजर   नेपाली   हो   तर   उस्ले   सोधेकै   छैन   त्यसैले   मैले   खुलाइन   पनि   । “आएल्ट्स   गरिस ?” “छैन   । “ “ अनी   के   पडिस   त ?  जाबो   आएल्ट्स   पनि   गरेछैनस   । “ अर्कोले   सहि   थप्छ , "  हुन   पनि   हो   बिदेश   लाने   गुदि   बिषय   छोकै   रहेनछ   बडो   डिग्री   को   फुइ   ।  " खेत   खन्न   जा   भन्दा   तास   खेल्न   जान   उम्री   बस्ने   बाह्र   कक्षा   दोर्याएर   पास   भएको   उरन्ठ्याउलो   छोरोलाई   बिहान   बीहानै   बुढा   बाबुले   परखालमा     टुसुक्क   बसी   गाली   गरिरहेको   सुने , "  पल्लाघरे   मख्लाघरे   ठेट्ना   सब   युरोप   अम्रिका   गैसके ,  यो   अद्बेस्रो   खुरुक्क   आएल्ट्स   होकी   साइल्ट्स्   गर्न   गये   हुनी   नि   चाडै   ।  " चियापसलमा   आएल्ट्स ,  पब्लिक   गाडीमा   आएल्ट्स ,  पार्कमा   आएल्ट्स ,  जनजिब्रोमा   आएल्ट्स   ।   अझ   पत्र   पत्रीका   र   मिडियामा   त   झन   ठुला   ठुला   अक्षरका   आएल्ट्स   ।   यो   जमानाका   बयस्कहरु   पुरापुर   आएल्ट्सम