Image: NBC News हिँड्दा हिँड्दै छुटे कति सहयात्री साथहरु, बाटो काट्दा समाई हिँड्ने सहयोगी हातहरु २०७२ साल बैशाख १२ मा आएको ७=८ रिचर स्केलको भुकम्पले ईतिहासमै उक्त मितिलार्ई कालो दिनको रुपमा स्थापित गर्यो । त्यो महाभुकम्पमा परेर दिवङ्गत हुनु भएका हजाराँै आत्माहरुको शान्तिको लागि प्र्राथना । नियतिको खेल, कतिले मायालु साथ र सहयोगी हातहरु गुमाए, सबैलाई दृढ रहिरहन शक्ति आओस्, यहि कामना । बैशाख १२ नजिकिँदै गर्दा शनिबारको त्यो दिन बाह्र बज्नै लागेको समय याद आउछ । शहर बासीको भन्दा फरक ग्रामीण जीवनशैली मौसम र सिजन अनुसार बदलिरहन्छ । त्यस बेला गाँउलेहरु बारीमा मकै छर्ने तयारीमा जुटेका थिए । कतै मल छर्दै थिए, कतै सियो पार्दै थिए, कोही काँक्रोको बियाँ त कोही तितेकरेला रोप्दै थिए । त्यही ग्रामीण परिवेशको डाँडामा मेरो अफिस; म कोठामा बस्दै गर्दा मानिसहरुको चिच्याहट सुनियो । हत्तपत्त बाहिर निस्किएँ । स्टाफ र सेवाग्राही सबैजना अत्तालिँदै दगुरिरहेका छन् । मैले अझैसम्म पत्ता लगाउन सकिँन के भैरहेछ । मैले अनुमान गरेँ– आगलागी हो वा
श्रीजनशील कलम.........जहाँ र जहिले