समयको चक्र हो यो रिटायर्ड सब्ले हुनै पर्छ सृष्टिको यो नियम हेर सकल जीवले मान्नै पर्छ । अध्याँरो दुई कोठाबाट सुरु गर्यौ सेवा तिम्ले धेरै कुरा नजानेरै तिमीबाट सिक्यौ हाम्ले ।। टेवलमा सँगै बसी चना चिउरा खानु खाइयो एकबारको जिन्दगीमा भिमकुमारी दिदी पाइयो । मनमा आको फ्याट्ट भन्ने भित्र कुनै पापै छैन सधैं हाँस्ने, रिसाउदा बोलीमा सरापै छैन ।। जोजो भेटें जति देखें सब्ले उन्लाई दिदी भन्ने बोली तर रुठो छ, बानी छैन जिजी गर्ने । बिरामीले सोध्न आउलाँन कडा बोल्ने गुरुङ्नी खै नि? कटक्क मुटु काट्छ भन्दा जब बिदा भै घर गैन् नि ।। हाम्ले मात्र हैन हजुर, बिरामीले समेत् मिस गर्छन् गल्तिमा गाली गर्नेलाई सबैसबैले 'गूड् विस' गर्छन् । कत्ति आए छोडि गए अस्पताललाई र्भयाङ् बनाई भिम दिदी बस्नु भयो अडिग, यसैलाई गन्तब्य बनाई ।। अस्पतालको सबैभन्दा पुरानो स्टाफ भिम दिदी सम्झनाका करोडौ पोका छोडि गयौ भिम दिदी । निवृत्त जीवनको शुभकामना छ लाखौंलाख भिम दिदीलाई गल्ती केही भएको भए माफ पाँउ अनुरोध छ भिम दिदीलाई । ईति श्री । असोज २२, २०७५ ।
श्रीजनशील कलम.........जहाँ र जहिले