सेतो टिसर्ट र पुरानो हाफ पेन्ट लगाएर काठमाडौंको एक कुनामा रहेको ठुलो ढोकाअगाडि खुट्टा फट्फट गर्दै उभिएको छु । पास देखाएपछि दर्बानले भित्र जाने ईशारा गर्दै फलामे द्वार खोलिदिन्छ । जसै म भित्र पस्छु, लाग्छ त्यो पृथ्वीलोक हैन । बाहिर टाढैबाट सुनिएको कोकोहोलो र संगीतको स्रोत मेरो कान र आँखाअगाडि छन् । हर्ष र अचम्मले द्रबिभुत हुँदै बिरालोको चालमा पदअघि बढाँउदा जमीन स्पिकरको धङ्धङीसँगै नाचिरहेछ । म कांप्दै अघि बढ्दैछु । करिब ६० जना युवा–युवती त्यो रुफ्टप रेस्टुराँको यताउति छरिएर रमाइरहेछन् । स्विमिङ पुलको वारी र पारी, बरण्डाबाट प्राङ्गणमा र प्राङ्गणबाट रुफटपमा हानाहान् चल्दैछ । पाकेको गोल्भेँडा हातमा लिने र मन लागेको मान्छेलाई गोल्भेडा फुट्नेगरी हिर्काउने होलीमा आयोजित अचम्मको टोमेटिनो फेस्टिबल थियो त्यो जहाँ सब्का सेता टिसर्ट किचिएका राता गोल्भेडा र यस्का हरिया–पहेला बिँउहरुले रङ्गिएका छन् । हातबाट गोल्भेँडा फ्याल्ने चिच्याँउछ, कसैलाई लागेपछि फाल्ने, लाग्ने र हेर्ने सबै चिच्याँउछन् । जाज र साल्साको रौनकमा खेल चलिरहेछ । अघि बढ्दै जाँदा म यस्तो बिन्दुमा पुग्छु कि एक्कासी सब्का सत
श्रीजनशील कलम.........जहाँ र जहिले