( कान्तिपुर साप्ताहिक मा २०७४ असार १६ गते प्रकाशित् ) आजकाल एउटा समारोहको झलक यस्तो रहन्छ ः दर्शक दीर्घा ठाडो घाँटी लगाएर कसैको प्रतिक्षामा एकातिर बसिरहेका हुन्छन् । तोकिएको समयभन्दा एक दुई घण्टा ढिला प्रमुख अतिथि आइबक्सिन्छ । तबसम्म सहभागीहरुलाई अल्मल्याउन उद्घोषकलाई धौ धौ नै पर्दछ । प्रमुख अतिथि विशेष राजनैतिक् दलका वरिष्ठ नेता वा मन्त्री नै हुन परिहाल्यो नत्र हाम्रो देशमा कहाँ बाक्लो अडियन्स बटुल्न सकिन्छ र? प्रमुख अतिथिको फेमस अनुहारमात्र भएनि दर्शन गर्न भनेर कति मान्छे पानी समेत नपिइ धर्ना कसेर बसेका हुन्छन् । अतिथि आउनासाथ बाटैबाट लाइन लागेर स्वागत गर्न थालिन्छ । हातहातमा फुल गुच्छा र खादा लिएर हाम फालौँला झैँ गरेर अतिथिलाई अफर गर्छन् । अतिथिले दुई चार वटा मुहार बाहेक त्यो जनसागरलाई न चिनेको हुन्छ, न चिनेर टाउको दुखाउनै चाहन्छ । उस्को नजरमा त्यो भीड कार्यक्रम सफल पार्न भेला भएका टाउकाहरुको जमात मात्र हो । यस्ता थुप्रै जमात उस्ले सामना गरिसकेको हुन्छ र त्यस दिन त्यस्तो जमात उस्को लागि साताँै वा आठाँै पनि हुन सक्छ । तर ती सेलेब्रिटिलाई ढुकेर बसेका उस्का अन्धभक्त प्र
श्रीजनशील कलम.........जहाँ र जहिले