सर्वप्रथम एउटा एतिहासिक प्रसङ्ग कोट्याउन चाहन्छु । उन्नाइसौ शताब्दिको सुरुवाती समयमा बेलायतमा गलैँचा उद्योगमा नयाँ प्रविधि घुसाइयो । औधोगिक क्रान्तिको त्यस संघिन समयमा भित्र्याइएको मेसिनहरुले हजाराँैको सङ्ख्यामा मज्दुरहरुलाई बेरोज्गार बनायो । कारणः गलैँचाका सबै काम अब मेसिनबाट हुने भयो । ती मज्दुरहरु मध्यका नाइके मज्दुरको नाम लुडाइट थियो र उन्को अग्रतामा उक्त प्रविधिको ठुलै बिरोध भयो । रोज्गारी खोसिएको रिशमा उनीहरुले फ्याक्ट्री आगजनी गरे, मेसिन बिगारिदिए । आज पनि अङ्रेजी भाषामा लुडाइट भन्ने प्रतिकात्मक शब्दले कुनै त्यस्तो ब्यक्तीलाई जनाउदछ जो नयाँ प्रविधी, औधोगिकरण, स्वचालित प्रणाली वा कम्प्युटरको बिरोधी हो । किनकी उस्को बिचरामा त्यस्ता चीजले मानवीय रोजगारी बिस्थापित गरिरहेका छन् ।
श्रीजनशील कलम.........जहाँ र जहिले