ओली सरकारले ऐतिहासिक सय दिन पार गर्यो । यस् बिचमा धेरै सकारात्मक समाचारहरु आए । थोरै नराम्रा खबरलाई जनताले पचाए । निर्माण साँमाग्रीको बजार भाउ बढे पनि कोही चुक्क बोलेन । पेट्रोलियम पदार्थको मुल्यबृद्धिको यदाकदा गुनगुन सुँनिदा ओलीले “म सानो छँदा सुन ९० रुपैया तोला थियो" भन्दिए, चरोमुसो बिरोधमा उत्रिएनन् । विश्वासको मतका आधारमा नेपालको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री कहलिएका ओलीको सरकारले केहि अवश्य गर्नेछ भन्ने आशले कसैले केहिमा बिरोध गर्न चाहेनन् ।
श्रीजनशील कलम.........जहाँ र जहिले