तपाईं कतै जाँदा पक्कै पनि धेरैपटक होटलमा बास बस्नु भएको छ । होटल वालाले हस्पिटालिटी देखाउन प्रत्येक रुममा कम्तिमा एउटा सबुन र 'क्रिस्पी' टावेल राखिदिएको हुन्छ । एक रात तपाईं उक्त होटलमा बस्नु भयो भने एकपटक वा दुईपपटक नुहाउनु हुन्छ । त्यो साबुन पुरै सिधिएको हुँदैन । प्राय ती साबुन तेही साबुन राख्ने स्टिलको तखतमा उत्तिकै राखिदिएर हामी हिँड्छौ । वास्तवमा हामीलाई ख्याल पनि हुँदैन त्यो । तर कहिल्यै हामीले सोचेका छौं त? ती साबुन कहाँ जान्छ? वा तीनलाई के गरिन्छ? पक्कै पनि नयाँ क्लाइन्टलाई प्रयोग गरिएको साबुन दिइँदैन । बट्टा नखोलिएको नयाँ नै दिइन्छ । अझ कतिपय होटलले खेर जाने भएर निकै सानो साइजका साबुन राखिदिएका हुन्छन् । जतिसुकै सानो भएनी त्यो पुरै खपत हुँदैन । बाँकी त रहन्छ नै ।
श्रीजनशील कलम.........जहाँ र जहिले