Skip to main content

Posts

विश्वकपको कबिता

आजसम्म भकुण्डो पर्या छैन खुट्टामा कस्ले जित्ने कस्ले हार्ने बाजी बिथ्थामा । मेस्सी गयो अर्जेन्टिना, गयो रोनाल्डो म्याच हेर्दा हानाहान भो खुस्क्यो डँडाल्नो । ३२ इन्चको टी भी किन्यो ऋण काढेर दिनरात वर्ल्डकप हेर्ने रोपाँइ छाडेर । उठेदेखि नसुतुँञ्जेल लाग्यो विश्वकप खान छैन निस्तो च्युरा मुखमा कपाकप । चुनावताका प्रतिद्वन्दी  कांग्रेस एमाले जनता सिद्दे ब्राजिल र अर्जेन्टिनाले । एउटै बलको पछि लाग्छन् पुरै २२ जना विश्वभरका मान्छे बिग्रे हेर्दै जोखाना । नाम कण्ठै कोष्टा स्वारेज्  एम्बाप्पे नेमार पाठ्यपुस्तक फिट्टु आँउन्न जाँचमा बिमार । जर्मन हारे, स्पेन हारे यता केको रोइलो? खेल्छन् राती चोकचोकमा “गोल” को भैलो । जो सुकैले जितोस कप हाम्लाई केको बाल? आफ्नै देशले खेल्न पाँउन्न अझै पचास् साल  ।।  ©Rabindra Adhikary अनुमती बिना कपी पेस्ट गर्नु अपराध (प्लेजरिजम) हो ।    

विश्वकपको फिबर

हरेक ब्यक्तिमा केही न केही कुराको रस पसेकै हुन्छ । फुट्बलको रस त झन धेरैमा अलि गढेरै पसेको हुन्छ । खेलाडीहरुलाई खेलप्रति विशेष दिल्चस्पी त हुनेनै भयो, त्यस्का डाई–हार्ड फ्यानहरुलाई पनि प्रत्येक बर्ष बाह्रै मास कुन कपमा कुन टिमले कति गोल हान्यो भनेर दिनरात पिरलो हुन्छ । त्यस्ता फ्यानहरुसँग एक छिन् कुरा गर्नासाथ फुट्बलतिरै कुरा मोड्छन् अनि फुट्बलको बारेमा बात मार्न पाए घन्टौं बितेको चाल् पाँउदैनन् । खेल खेल्न वा हेर्न छोडिदिनुस्, फुट्बलको गफ गर्नमा पनि त्यति आनन्द छ ।  

विश्वकप अन्तिम १६ मा को को? कस्ले जित्ला ?

फ्रान्स र अर्जेन्टिना ३० जुनमा ( १६ गते शनिबार ) यी दुई देश काजन एरिनामा भिड्दै छन् । खेल सुरु बेलुका ७:४५ मा हुनेछ ।

रेड कार्डका पांच् प्रश्न: रेड कार्ड खाएपछी खेलाडिले कति पैसा तिर्नु पर्छ?

यहाँ छन रेड कार्ड सम्बन्धी पाच् वटा प्रश्न र तिन्का उत्तरहरु ।  रेड कार्ड दरो प्लास्टिकबाट बनेको हुन्छ र उचित हेरचाह पुग्यो भने एक दशकसम्म प्रयोग गर्न सकिन्छ । यस्को लम्बाइ चार इन्च र चौडाइ ३ इन्च हुन्छ ।  गोलकिपरले रेड कार्ड पायो भने के हुन्छ?

होटलको नसिधिएको साबुन के गरिन्छ?

 तपाईं कतै जाँदा पक्कै पनि धेरैपटक होटलमा बास बस्नु भएको छ । होटल वालाले हस्पिटालिटी देखाउन प्रत्येक रुममा कम्तिमा एउटा सबुन र 'क्रिस्पी' टावेल राखिदिएको हुन्छ । एक रात तपाईं उक्त होटलमा बस्नु भयो भने एकपटक वा दुईपपटक नुहाउनु हुन्छ । त्यो साबुन पुरै सिधिएको हुँदैन । प्राय ती साबुन तेही साबुन राख्ने स्टिलको तखतमा उत्तिकै राखिदिएर हामी हिँड्छौ । वास्तवमा हामीलाई ख्याल पनि हुँदैन त्यो । तर कहिल्यै हामीले सोचेका छौं त? ती साबुन कहाँ जान्छ? वा तीनलाई के गरिन्छ?  पक्कै पनि नयाँ क्लाइन्टलाई प्रयोग गरिएको साबुन दिइँदैन । बट्टा नखोलिएको नयाँ नै दिइन्छ । अझ कतिपय होटलले खेर जाने भएर निकै सानो साइजका साबुन राखिदिएका हुन्छन् । जतिसुकै सानो भएनी त्यो पुरै खपत हुँदैन । बाँकी त रहन्छ नै ।

मेरो माटो मेरो चन्दन

गत २५ गते शुक्रबार मध्यराततिर सोसल मिडियाका पानाहरु एउटा अप्रीय समाचारले भरियो । पित्त नलीको टर्मिनल क्यान्सरले थलिएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको मृत्युको खबर थियो त्यो । सोसल साइटहरुमा बुझ न सुझ कमेन्ट र सेयर गरेर पोस्टहरुलाई सुपरहिट बनाउने छुट्टै किसिमको झुण्ड छ । यस्ता झुन्डहरुले कुनै समय राष्ट्रकवी माधव घिमिरेलाई पनि अकालमा मृत्युवरण गराएका थिए । यसपटक देवकोटालाई गराए । 

डियर तलब

श्री तलब महोदय, एक तलबजिवी तलबपीडित कर्मचारीको न्यानो अविभादन् स्विकार । इच्छा, आकांक्षा निरन्तर बेलुन जसरी फुल्दै छ, महंगीको चरमचुलीले सगरमाथा छेक्न आँटिसक्यो, तर तिम्रो साइज ज्युँ का त्युं उस्तै छ । अलिकति भएपनि साइज बढाउछौं कि भनी एक बर्ष कुरियो । जेठ् पन्ध्रमा बजेट भाषण पनि आयो । हिस्स बुढी हरिया दाँत भो । बजेटमा तिम्रो शत्रु (कर) को बरु निकै हाली मुहाली देखिन्छ । तिम्रो आफ्नो आकार भने कम्तिमा एक बर्षको लागि पुनः उहि रहने निश्चित भयो । तिम्रो यसपाली नबढ्ने निर्णयले लाखौँको संख्यामा रहेका म जस्ता मध्यवर्गीय आशामुखीहरु मर्माहत भएका छन् ।