जातीय, साम्प्रदायिक, राष्ट्रिय, लैँगिक् वा धार्मिक असमानतालाई हामीले बिर्सिदै गैरहेका छौ, जुन धेरै हिसाबमा राम्रो हो । यसै क्रममा भाषिक भिन्नताको दुरी पनि अब बिस्तारै मेटिदो छ । हुन त प्रत्येक् भाषा आँफैमा अपुरो हुन्छ, त्यसैले स्वभावतः अरु भाषाबाट शब्द वा फ्रेजहरु आगन्तुकको रुपमा भित्रिनै रहन्छन । तर आज कक्षा बाह्रमा पड्दै गरेको टिनेजरले कुनै एउटा वाक्य पनि अंग्रेजी शब्द नमिसाई पुरा गर्न नसकेको देख्दा नेपाली भाषा कालान्तरमा परर्निभर र अपभ्रंस हुँदा हुँदा अंग्रेजीमै मिसिने त हैन? वा यो भाषाको ‘ओरिजिनालिटी’ नै सङ्कटमा पर्ने त हैन? भन्ने शङ्का आजकाल मेरो मानसपटलको अन्तर्कुन्तरमा गुञ्जिन थालेको छ । यसरी भाषा बिबिधाबाट एकल भाषा तिर उन्मुख हुनु कसैले विश्वब्यापीकरण हो भनेर व्याख्या गर्दछन । तर यो कतै एक भाषाले अर्को भाषा माथि गर्ने भाषिक औपनिवेशिकरण त हैन? कि हाम्रो अंग्रेजी भाषाप्रतिको अनपेक्षित मोहले नजानी नजानी हामी आँफैले आफ्नो जन्मभाषालाई लोपोन्मुख हुन सहयोग गरिरहेका छाँै? पहिला विकल्प हुँदै नभएका शब्दमात्र नेपाली भाषा बोलिचालीमा अंग्रेजी शब्दहरुको साहारा लिईन्थ्यो । जस
श्रीजनशील कलम.........जहाँ र जहिले